arrow

कर्णालीमा ५३ हजार परीक्षण, २ हजार ३१३ संक्रमित

logo
प्रकाशित २०७७ भदौ ९ मंगलबार
covid-test-corona.jpg

कर्णाली । कर्णाली प्रदेशमा ५३ हजार ५६ जनाको कोरोना परीक्षण गरिएको छ ।  आरटी पिसिआर परीक्षण गरिएका जम्मा व्यक्तिमध्ये ५० हजार ८७ जनाको नेगेटिभ र दुई हजार ३१३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

आज १८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमित हुनेको सङ्ख्या दुई हजार ३१३ पुगेको हो । कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी परीक्षणमा सुर्खेतका चार, दैलेख र सल्यानका दुई-दुई, धनुषा  र कञ्चनपुरका एक-एक जनामा संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआरमा कालीकोटमा चार, जुम्ला र दैलेखमा एक-एक र दैलेख अस्पतालले गरेको आरटी पिसिआरमा एक जनामा संक्रमण देखिएको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जनाए । संक्रमितमध्ये आज १५ जना निको भएसँगै कोरोना निको भएर घर फर्कनेको सङ्ख्या भने २ हजार ७ पुगेको उनले बताए । 

शिक्षा अधिकृत कँडेलले भने, “कर्णालीमा देखिएका कूल कोरोना संक्रमितमध्ये ८७ प्रतिशत निको भएर घर फर्किसकेका छन् । अब १३ प्रतिशत संक्रमितहरु मात्र आइसोलेशनमा छन् ।” अहिलेसम्म छ जना बाहेक अन्यको कोरोना संक्रमणबाट मृत्यु नभएको जनाउँदै उनले कोरोना संक्रमणबाट आत्तिहाल्नु पर्ने नरहेको बताए ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका डा प्रदीप न्यौपानेले अस्पतालको आइसोलेशनमा हालसम्म आएका ३१९ जनामध्ये १७ जनामा कोरोनाको लक्षण देखिएको तर सबै निको भएर घर फर्किसकेको जानकारी दिए । लक्षण भएकामा १० जनामा खोकी, पाँच जनामा स्वासप्रश्वास र दुई जनामा ज्वरो देखिएको बताउँदै डा न्यौपानेले अहिले एक जना मात्र कोरोना लक्षणयुक्त बिरामी अस्पतालमा रहेको जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ