arrow

झापाको प्रमुख ब्यापारिक केन्द्र बिर्तामोडमा अनिश्चितकालीन निषेधाज्ञा

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ भदौ ९ मंगलबार
jhapa1.JPG

झापा । झापाको  प्रमुख ब्यापारिक केन्द्र बिर्तामोडमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडका केही स्थानमा निषेधाज्ञा जारी गरेको हो ।

बिर्तामोड ५ मा समुदाय स्तरमा कोरोना देखिएपछि प्रशासनले मंगलबारदेखि निषेधाज्ञा जारी गरेको हो । 

बिर्तामोडको मुक्तिचोक, शनिश्चरे रोडपूर्व, ट्राफिक कार्यालय उत्तर कृषि विकास बैंक, दक्षिणमा हिकोला रोड, पश्चिममा रत्न सुपरमार्केट र आसपास जोडिएका पसल, तमुटोल क्षेत्र, महेन्द्र राजमार्ग दक्षिण हनुमान सेन्ट्रलसम्मको क्षेत्रमा अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताइएको छ ।

निषेधाज्ञाको समयमा सो क्षेत्रमा पसल खोल्न नपाउने, इजाजत प्राप्त सवारीबाहेक सबै सवारी साधनको आवागमन नै बन्द गर्ने जनाएको छ ।साथै सूचनामा शिव सताक्षी नगररपालिकाको सम्पुर्ण छेत्रमा पनि भाद्र १५ गते समका लागि  निषेधाज्ञा आदेस  जारी गरेको उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ