arrow

मुगुमा ७ दिन नगर क्षेत्र बन्द गर्ने आदेश

logo
नृपेन्द्र बहादुर मल्ल,रासस
प्रकाशित २०७७ भदौ ९ मंगलबार
mugu-headquarter.jpg

मुगु। छायाँनाथ रारा नगरपालिकाको केन्द्र तथा जिल्ला सदरमुकाम रहेको गमगढी बजार क्षेत्रमा अवस्थित जिल्ला स्वास्थ्य सेवा कार्यालयका एक कर्मचारीमा सोमबार कोरोना देखिएपछि प्रमुख जिल्ला अधिकारीको आदेशमा नगर क्षेत्र बुधबारबाट बन्द गरिने भएको छ ।

गमगढी बजारमा भिडभाड हुने स्थान तथा जिल्ला अस्पतालकै कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि कोरोना संक्रमण समुदायस्तरसम्म पुगेको छ की छैन भनेर पत्ता लगाउन छायाँनाथ रारा नगर क्षेत्र बुधबारबाट पुर्णरुपमा बन्द गर्न प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले आदेश जारी गरेका छन् ।

मंगलबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी निरौलाको अध्यक्षतामा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले १० गते बुधबारबाट जिल्ला सदरमुकाम गमगढीमा सरकारले खुल्ला गर्नु भनेका आपतकालिन सेवा दिने व्यवसाय,संस्था तथा कार्यालय बाहेक सबै कारोवार ७ दिन सम्मका लागि पुर्ण रुपमा बन्द गर्न सहमती दिएको थियो ।

कारोना संक्रमित स्वास्थ्य सेवा कार्यालयमै देखिएकाले सात दिन पछि त्यहाँ कार्यरत सबै स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको स्वाव संकलन गरि परिक्षण गर्न जुम्ला पठाउने, यो बन्दको समयमा छायाँनाथ रारा नगरपालिकाले सदरमुकाम गमगढी बजार क्षेत्रका प्रत्येक घरधुरीका कम्तिमा एक जनाको आरडिटी परिक्षण गर्ने, नगरक्षेत्रसंगमा प्रवेश गर्ने बुलबुले, रारा, आँसिधारा र लुम्स नाकाहरुमा अन्तरपालिका तथा अन्तर जिल्लाबाट आवतजावतमा रोक लगाउने, एक वडाबाट अर्को वडामा तथा एक घरबाट अर्को घर जान रोक लगाउने, नगरपालिका र जिल्ला स्वास्थ्य सेवा कार्यालयले पिसिआर किट खरिद गर्ने, परिक्षणको दायरा बढाउने जस्ता निर्णय भएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी गराए।

बैठकमा सहभागी छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले सोमबार नगरपालिकामा बसेको आकस्मिक कार्यपालिकाले गरेका निर्णयहरु सुनाएको थिए भने निर्णय कार्यान्वयनका लागी स्थानिय प्रशासन, प्रदेश तथा संघिय सरकारहरुलाई सहयोग गर्नु अनुरोध गरे। बैठकमा पुर्व शिक्षा राज्यमन्त्री हस्त बहादुर मल्ल, कर्णाली प्रदेशका लागी मुगु प्रदेश क बाट निर्वाचित सांसद दानसिंग परियार,उद्योग बाणिज्य संघ मुगुका अध्यक्ष कमल बहादुर बुढा, नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष नृपेन्द्र बहादुर मल्ल, तीनै सुरक्षा निकायका प्रमुख र राजनैतिक दलहरुका प्रमुखहरुको सहभागिता रहेको थियो।

मुगु जिल्लासंग सिमाना जोडिएका र मुगुको कारोवार हुने मुख्य शहरहरुमा कोरोना संक्रमितको संख्या बढिरहेकाले अन्तर जिल्ला सिमानाहरुबाट मुगु प्रवेशमा कडाइ र रारा विमानस्थलमा सुर्खेत नेपालगंजबाट हुने उडान समेत बन्द गर्न सहभागीहरुले सुझाव दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ