arrow

कर्णालीमा चिकित्सकसहित ६ जनामा कोरोना संक्रमण

logo
प्रकाशित २०७७ भदौ १० बुधबार
doctor.jpeg

कर्णाली । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत एक चिकित्सकसहित ६ जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार चिकित्सकका साथै सोही अस्पतालमा कार्यरत एक कर्मचारीमा पनि संक्रमण देखिएको हो । 

ती चिकित्सक बहिरङ्ग विभागमा कार्यरत थिए । अस्पतालका चिकित्सक र बिलिङ काउन्टरका कर्मचारीमा संक्रमण देखिएपछि उनीहरुको ‘क्लोज कन्ट्याट’मा रहेको २५ जनाको स्वाब सङ्कलन गरिएको छ ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ६ जनाको पुष्टि भएसँगै कोरोना संक्रमितको सङ्ख्या दुई हजार ३१९ पुगेको छ ।

 सुर्खेतको चौकुने गाउँपालिकाका २, प्रदेश अस्पतालका २, गुर्भाकोट नगरपालिका र भारतको बनारस घर भएका एक÷एक जनाको सुर्खेतस्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणबाट कोरोना पुष्टि भएको हो । 

त्यस्तै, कोरोना निको भई विभिन्न आइसोलेशनबाट डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार १९ पुगेको छ । अब कर्णालीमा सक्रिय संक्रमितको सङ्ख्या २९४ रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ