arrow

स्वास्थ्यकर्मी युवतीमाथि जवरजस्ती करणीको आरोपमा गाउँपालिका अध्यक्षविरुद्ध मुद्धा

शरीर बन्धकदेखि पालिकाको नाममा भनी २१ रोपनी जग्गा सालीको नाममा पास गराएको मुद्दा

logo
प्रकाशित २०७७ भदौ ११ बिहिबार
govinda-bahadur-khadka-lekh.jpg

रामेछाप । लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्काविरुद्ध एक स्वास्थ्यकर्मी युवतीमाथि जबरजस्ती करणी गरेको अभियोगमा जाहेरी दर्ता भएको छ ।

उक्त गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी युवतीले खड्काविरुद्ध करणी गरेको अभियोगमा जाहेरी दर्ता गराएकी हुन् । 

जिल्ला प्रहरी कार्यालयले दुवै जनाको स्वास्थ्य परीक्षण समेत गराइसकेको जनाएको छ । पीडित युवतीले खड्काले आफूलाई महिनौँअघि जवरजस्ती करणी गरेको बताएकी छिन् ।

तर ‘कतै कसैलाई भनिस् भने गोली हान्छु’ भन्ने डर त्रास देखाएकाले तत्काल मुद्धा हाल्न नसकेकोसमेत पीडितले सुनाइन् । 

अहिले भने खड्का अन्य मुद्दामा पक्राउ परेको थाहा पाएपछि साहस बटुलेर जाहेरी दिन आएको युवतीले सुनाइन् । प्रहरीले यसअघि परेको शरीर वन्धक मुद्धामा पालिका अध्यक्ष खड्कालाई पक्राउ गरेपछि युवती करणीको जाहेरी लिएर प्रहरी कार्यालयमा पुगेकी हुन् । 

मुलुकी फौजदारी संहिता २०७४ ले जवरजस्ती करणी भएको १ बर्षसम्म मुद्धा दर्ता गर्न पाइने व्यवस्था गरेको छ । 

गाउँपालिकाको एउटा योजनाका उपभोक्ता समितिका अध्यक्षलाई रकम भुक्तानी सम्बन्धी कुरा गर्न पालिकामा दुई घण्टासम्म वन्धक बनाएको अभियोगमा स्थानीय दर्पण घिसिङले प्रहरीमा जाहेरी दर्ता गराएका थिए । 

उक्त जाहेरी परेपछि प्रहरीले खड्कालाई १४ दिनअघि गाउँपालिकाबाटै पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरीको हिरासतमा राखेको छ ।

त्यस्तै खड्काले २१ रोपनी जग्गा पालिकाको नाममा भनी आफ्नी साली नाता पर्नेको नाममा झुक्याएर पास गराएको तर जग्गाको मूल्य दुई करोड रुपैयाँ नदिएको भन्दै ठगी मुद्धासमेत दायर भएको छ । उक्त मुद्धामा समेत अनुसन्धान थालिएको छ ।

प्रहरी नायव उपरिक्षक बसन्त पाठकका अनुसार खड्का विरुद्ध परेका तिनै मुद्धाको एकै साथ अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत अदातलमा पेश गरिने तयारी भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ