arrow

नेपालगञ्जमा थप एक महिलाको मृत्यु

logo
प्रकाशित २०७७ भदौ ११ बिहिबार
woman-dead-body.jpg

नेपालगञ्ज । नेपालगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ की ७० बर्षीया महिलाको बिहिबार विहान साढे १० बजे उचचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

दुबै फोक्सोमा निमोनिया भएकी ती महिला छातीमा समस्या भएपछि भदौ ३ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएकी थिइन् । कोरोनाको आशंकामा भदौ ३ गते नै पिसिआर परिक्षणका लागि उनको स्वाब लिइएको थियो । 

भदौ ५ गते उनको रिपोर्ट पोजिटिभ आएको थियो । उनको स्वास्थ्य अवस्था विग्रिँदै गएपछि भदौ ६ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा सारेर भेन्टिलेटरमा उपचार भइरहेको थियो । यसअघि नेपालगञ्जमै दुई जनाको मृत्यु भइसकेको छ । ३७ बर्षीय र ६२ बर्षीय पुरुषको मृत्यु भइसकेको छ ।

बाँकेमा अब कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । नेपालगञ्जमा ३, नरैनापुर, कोहलपुर र बैजनाथमा एक एक जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ