arrow

सम्धीलाई बनाएपछि ईश्वर पोखरेलले बन्धुलाई काउन्सिलर बनाउँदै

सेवन्तक पोखरेललाई कोलकातास्थित महाबाणिज्यदूताबासको इकोनोमिक काउन्सिलर बनाइँदै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ ११ बिहिबार
ishwor-sewantak.jpg

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सम्धी उपेन्द्र कोइरालालाई सातौं नियुक्तीको रुपमा राष्ट्रिय बाणिज्य बैंकको सदस्य बनाई अध्यक्षमा बनाउने गृहकार्य भइरहँदा रक्षामन्त्री पोखरेलले आफ्ना बन्धु अर्थमन्त्रालयका उपसचिव सेवन्तक पोखरेललाई कोलकातास्थित महाबाणिज्यदूताबासको इकोनोमिक काउन्सिलरमा पठाउन दबाब दिएका छन् ।

रक्षामन्त्री पोखरेलको चाहना अनुसार अर्थमन्त्री डा.युवराज खतिवडाले पोखरेललाई इकोनोमिक काउन्सिलरमा पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सहमतिका लागि पठाइसकेका छन् ।    

अर्थमन्त्रालय अन्तर्गतका सबै आकर्षक भन्सारमा कार्यालयमा रहेर अकूत सम्पत्ति आर्जन गर्ने राजस्व समहूका उपसचिवहरुमध्ये दुई तीन जनाभित्र पर्ने सेवन्तक पोखरेललाई उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबाबमा इकोनोमिक काउन्सिलर बनाउन लागिएको हो । ६० जना सहसचिवलाई प्रदेशमा सरुवाको गृहकार्यमा जुटेको सामान्य प्रशासन मन्त्रालयले उपसचिव पोखरेलको फाइलमा निर्णय गरेको छैन । सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीले अर्थमन्त्रालयबाट उपसचिव पोखरेलको सरुवा सहमतिको पत्र आएको तर निर्णय हुन बाँकी रहेको बताए ।

यसअघि उपसचिव पोखरेल अमेरिकाको वासिङ्टनस्थित नेपाली दूताबासको इकानोमिक काउन्सिलरमा जानका लागि लागेका थिए । १ बर्षअघि रिक्त भएको काउन्सिलरमा अर्थमन्त्री डा. खतिवडाका निजी सचिव होमकान्त भण्डारीले उछिट्याए । उपसचिव भण्डारी र सेवन्तक पोखरेलको प्रतिस्पर्धामा अर्थमन्त्रीकै पीएले वासिङ्टनको काउन्सिलरमा मौका पाए । वासिङ्टनमा जानका लागि पनि रक्षामन्त्री पोखरेलले अर्थमन्त्री खतिवडालाई दबाब दिएपनि आफ्नै पीएलाई उक्त मौका दिए । त्यसैको क्षतिपूर्तीस्वरुप अहिले कोलकातामा रिक्त इकोनोमिक काउन्सिलरमा उपसचिव पोखरेललाई पठाउन सामान्य प्रशासन मन्त्रालयमा सहमतिका लागि पत्र पठाउन मन्त्री खतिवडा बाध्य भएका छन् ।  

राजस्व समूहका उपसचिव सेवन्तक पोखरेल अधिकृत हुँदादेखि नै पटक पटक आकर्षक भन्सार कार्यालयमा बसी अथाह सम्पत्ति आर्जन गर्नेमा पर्दछन् । अधिकृत उनी बिराटनगर, भैरहवा जस्ता अति आकर्षक भन्सारमा बसेका थिए । उपसचिव बढुवा हुनासाथ बीरगंज भन्सारमा पदस्थापन भई ३ बर्ष कार्यरत रहेका थिए । प्रायः सबै आकर्षक भन्सारमा काम गर्ने मौका उनले ईश्वर पोखरेलकै प्रतापले पाएका छन् । बीरगंज भन्सारबाट सरुवा भई उनी हाल अर्थ मन्त्रालयमा कार्यरत छन् ।

उनका बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अकूत सम्पत्ति आर्जनका दर्जनौं उजुरीमा छानबिन पनि भइरहेको छ । उनले आर्जन गरेको सम्पत्ति विभिन्न ब्यापारीक कम्पनीमा लगानी गरेको भन्दै उजुरी परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ