arrow

सशस्त्र प्रहरीको गणमा ग्रिनेट विष्फोट, ८ घाइते, दिपेश चौधरीको दुबैहातका पञ्जा गुमे

logo
प्रकाशित २०७३ जेठ ९ आइतबार
Tanahu-hamrakura.jpg.jpeg
तनहुँ । भानु नगरपालिका–२ स्थित सशस्त्र प्रहरी बल मनकामना गणमा आइतबार दिउँसो हाते बम विष्फोट हुँदा ८ सशस्त्र प्रहरी घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोपटर मार्फत काठमाडौं पठाइएको छ । 
 
तालिमका क्रममा अकस्मात ३.६ हेन्ड ग्रिनेट (हाते बम) विष्फोट भएको तनहुँ प्रहरीले जनाएको छ । घाइते हुने सबै एउटै दर्जाका छन् । घाइते मध्ये गम्भीर रहेका सशस्त्र प्रहरी सहायक हवल्दार दिपेश चौधरीका दुबै हातका पञ्जा छुट्टीएका छन् । यस्तै, अर्का गम्भीर घाइते याम बहादुर थापाको पीठ्यूमा गम्भीर चोट लागेको छ । 
 
यस्तै घाइते, सशस्त्र प्रहरी हबल्दार शोभाकर रिजाल, प्रेम सिंह बोहरा, प्रेमसिंह घर्तीमगर, दिपक खड्का, होम बहादुर राना र धिरेन्द्र चन्दको स्थानीय लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको तनहुँका प्रहरी नायव उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ