arrow

अछाम जेसिज, बिआरसी, राताे बाल्टी कार्यक्रमले अछाममा बाड्यो राहत

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ ११ बिहिबार
rahat-achham.jpg

अछाम। मंगलसेन नगरपालिका वडा न १३ को वस्तिमा कोभीड १९ काेरना भाईरसका कारण जिविकाेपार्जन गर्न कठिन भइरहेकाहरुलाई एक सय जना महिला, बालबालिकालाई खाद्यान्नका सामाग्री सहीत राहत बाडिएको छ । 

बिआर्सी नेपाल र राताे बाल्टी कार्यक्रम काठमाडौंको आर्थिक सहयोग तथा मंगलसेन नगरपालिकाको समन्वय र अछाम जेसीजको आयोजनामामा वितरण गरिएको राहतमा प्रति ब्यक्तिलाई २५ केजि चामल, २ केजि दाल, १ लिटर तेल, २ वडा हात धुने सावुन, १ केजि चिनि र १ केजि नुन गरी कम्तीमा १४ दिन सम्म खान पुग्ने गरी खाद्यान्न वितरण गरिएको हो । 

भौतिक दुरी कायम गर्दे राहत बितरण गरिएको थियो । अछाम जेसीज बर्ष २०२० का अध्यक्ष तुलाराम बिसिको अध्यक्षतामा भएको राहत बितरण कार्यक्रममा बस्ति नै पुगेका मंगलसेन नगपालिकाका प्रमुख पदम बहादुर बोहराले कोरोना भाइरसको संक्रमणबाट बच्न सबैले आ–आफ्नो आनिबानिमा परीवर्तन ल्याउनु पर्ने बताए । यसबाट बच्नका लागि बिश्व स्वास्थ्य संगठनले अनिवार्य रुपमा पालन गर्न भनेका सबै नियम पालन गरे कोरोनाबाट बच्न सकिने बताए ।

अछाम जेसीजले नगरपालिकाको अति दुर्गम स्थानमा आएर कम्तीमा १४ दिन सम्म खान पुग्ने गरी गरिब विपन्न वर्गलाई राहत वितरण गरेकोमा उनले धन्यवाद समेत ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष प्रेम बहादुर थापाले जेसीजबाट सिको गरी दुर्गमका वडाहरुमा राहत बितरण गर्नु पर्ने बताउनु भयो ।

राहत वितरण कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष गोपाल थापा, वडा नम्बर २ का वडा अध्यक्ष मान बहादुर बोगटी लगाएतको सहभागीता थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ