arrow

'नश्लवादी सोच राखे केपी ओली एण्ड कम्पनीले नसोचे, नचिताएको कुरा हुन्छ'

logo
प्रकाशित २०७३ जेठ ९ आइतबार
upendra-yadav-600x0.jpg.jpeg
काठमाडौँ। सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले संविधान पुर्नलेखन र विगतमा गरिएको सम्झौता कार्यान्वयन गर्ने विषयमा ठोस राजनीतिक निर्णय नगरेसम्म बार्ता हुनै नसक्ने स्पष्ट पारेका छन । 
 
रिपोर्टर्स क्लब नेपालले आईवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ बार्ता गर्ने भए सरकार ठोस राजनीतिक निर्णयसहित आउनु पर्छ । संविधानको पुर्नलेखन गर्ने र विगतका सहमति कार्यान्वयन गर्ने राजनीतिक प्रतिबद्धतासहित सरकार बार्तामा आउनु पर्छ । नभए बार्ता सम्भव छैन ।’
 
साक्षात्कारमा अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पछिल्लो पटक बार्ता भंग गरेको आरोप लगाउँदै भने,‘ पुर्नलेखनसहितका विषयहरु गर्न सकिदैन भनेपछि के कोलागि बार्ता गर्ने ? अहिले सरकारले देश र दुनियाँलाई झुक्याउन बार्ता गर्न खोजिरहेको छ । ’
उनले संविधानमा रहेको विभेदपूर्ण र त्रुटिपूर्ण प्रवाधानहरुलाई हटाएर अरु शब्द राख्ने विषय नै पुर्नलेखन भएको स्पष्ट पार्दै यो राजनीतिक विषय भएकोले यसमा राजनीति निर्णय गर्न सके मात्रै समस्याको समाधान हुन सक्ने दावी गरे । उनले भने,‘ संविधानसंसोधन पनि पुर्नलेखन नै हो । संविधानमा रहेका विभेदकारी धारा हटाएर अर्कै लेख्ने काम हो । अघिल्लो संसोधनले जनताको माग संबोधन गरने ।’
 
यादवले बार्ता टोलीका संयोजक कमल थापाले पहिलाकै बार्तामा आफूले विषय टुङग्याउन नसक्ने शिर्ष तहमै बार्ता गर्नु पर्छ भनेर आत्मसमर्पण गरिसकेपछि फेरि उनलाई नै अघि सार्नु सरकारको बार्ता नगर्ने नियत भएको आरोप लगाउँदै गणतन्त्र लगायतका मामिलामा थापाको विचार नै गलत भएकोले उनीसँगको बार्ताबाट कहिल्यै पनि निष्कर्समा पुग्न नसकिने स्पष्ट पारे । उनले सरकारले बार्ताकोलागि आब्हान गरे पनि अहिलेसम्म संघीय गठबन्धनलाई बार्ताकोलागि कुनै पत्र नआएको स्पष्ट पारे । 
 
उनले बर्तमान संविधान जारी गर्ने तत्कालिन राष्ट्रपति डा. रामबरण यादवले संविधान अपुरो छ भनिसकेको, संबैधानिक समितिका सभापति डा. बाबुराम भट्टराईले संविधान पूर्ण नभएको, तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले हतार गरेर हामीले भुल गर्यौ भन्नु र एमाओवादी अध्यक्ष प्रचण्डले अहिले पो मैले यो संविधानमा त्रुटी नै त्रुटी छ भनेर थाहाँ पाएको भनि अभिब्यक्ति दिनु त्यसैगरी विदेशी विद्धानहरुले पनि संविधान गलत रुपमा लेखिएको, विभेदकारी रहेको, एकल जातीय अहंकारलाई मुर्त रुप दिने भएकोले नश्लबादी र असमावेशी भनेर भनिसकेपछि यसले सबै समूदाय र क्षेत्रको भावनालाई संबोधन गर्न नसक्ने स्पष्ट भईसकेको दावी गर्दै संविधान कसैलाई प्रधानमन्त्री, राष्ट्रपति र कसैलाई सरकारमा जान भएको हतारमा गलत तरिकाले संविधान लेखिएकोले यसको पुर्नलेखनको विकल्प नभएको दावीगरे । 
 
यादवले अहिले पनि सरकारले आन्दोलनलाई दवाएर जाने सोचे र उखान तुक्का मात्रै गरिरहे आन्दोलन अर्कै रुप्मा जाने चेतावनी दिदै भने,‘ नश्लबादी चिन्तनले जर्मनलाई दुई वटा बनायो, भारतलाई तीन टुक्रा बनायो । केपी शर्मा ओली एण्ड कम्पनीले नसोचे नचिताएको कुरा हुन्छ ।’
 
उनले जनताले नै संविधान नस्विकारेपछि कुन निकायले संविधान बनायो भन्ने कुराको अर्थ नहुने दावी गर्दै सरकारले अहिले नै नसोचे आन्दोलनले उग्र रुप लिदै जनआन्दोलन मार्फत अहिलेको संविधान नै बर्खास्त हुने चेतावनी दिए । उनले भने,‘ यो कुरा सोच्ने कि नसोच्ने बल सरकारकै कोर्टमा छ ।’
 
यादवले विगतमा मधेस आन्दोलनलाई राष्ट्रियता खण्डित गर्ने, साम्प्रदायिकता, जातिय, क्षेत्रीय लगायतका आरोप लगाउने गरिए पनि अहिले हिमाल, पहाड र मधेस मिलेर आन्दोलन गर्दा त्यो भ्रम चिरिएको दावी गर्दै आफूहरुको आन्दोलन धार्मिक, सास्कृतिक, जातीय सम्बन्ध मजबुद बताउने र भावनात्मक रुपमा राष्ट्रको एकता गर्न भएको बताए। 
 
उनले भने,‘ मधेसको सवाल अब मधेसको मात्रै होईन राष्ट्रीय सवाल हो । निश्चित समूहको सवाल मात्रै भन्ने हो भने त्यो समाधान हुँदैन, यो आन्दोलनले राष्ट्रिय सवाल हो भन्ने भावना विकसित गरेको छ । 
 
यादवले आफूहरुको आन्दोलन राष्ट्रियता, राष्ट्रिय एकता बलियो बनाउने, देश भक्तिपूर्ण र देशलाई बचाउने आन्दोलन भएको दावी गर्दै सरकार भ्रष्टाचारीहरुहरुको अखडा बनेकोले यस्तो सरकारले देश बचाउन नसक्ने ठोकुवा गरे । उनले भने,‘ त्यसैले यो आन्दोलन कालाबजारी, तस्करबाट मुलुकलाई बचाउने, असन्तुलित विदेश नीतिबाट मुलुकलाई पर्ने दिर्घकालिन असरबाट बचाउने मुलुक बचाऊ आन्दोलन हो । कम्यूनिष्टहरुले महेन्द्रबादी सोच बोलेका छन । यसले नेपाललाई दिर्घकालमा हित गर्दैन ।’
 
यादवले कम्यूनिष्टहरुको सरकार माफीया तन्त्रलाई बढाउन लागेको अवस्थामा प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले पनि उपयूक्त विकल्प दिन नसकेको आरोप लगाए पनि काग्रेससँग राष्ट्रिय हितको विषयमा आफूहरु छलफल गर्न तयार रहेपनि प्रधानमन्त्रीले भने विश्वास गुमाईसकेको दावी गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ