arrow

अवैध उत्खनन्‌मा संलग्न ७ वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा

logo
रबिन्द्र यादव,
प्रकाशित २०७७ भदौ १२ शुक्रबार
trctor.jpg

नवलपरासी । नवलपरासी पश्चिममा बिभिन्न ठाउँबाट अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन्‌ कार्यमा संलग्न रहेका ७ वटा ट्याक्टर प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । 

शुक्रवार रामग्राम नगरपालिका वडा नं. १२ मा रहेको झरही खोलामा अवैधरुपमा नदीजन्य पदार्थ मिस्कट, बालुवा गिट्टी उत्खनन्‌ गर्दै गरेको अवस्थामा लु २ त ९९३५ नम्बरको ट्याक्टर र सोही नगरपालिका वडा नं. १२ स्थित तुरिया खोलाबाट अवैधरुपमा उत्खनन्‌ गरी मिस्कट बालुवा लोड गर्दै गरेको लु ३ त ८२१८ नम्बरको ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीको लागी रामग्राम नगरपालिका कार्यालय बुझाएको छ ।

यसैगरी जिल्ला कै पाल्हीनन्दन गाउँपालिका वडा नं. ३ पिपरहियास्थित झरही खोलाबाट अवैधरुपमा उत्खनन्‌ गरी निस्कट बालुवा लोड गर्दै गरेको अवस्थामा लु ४ त ३८५५, लु २ त २४१५, लु २ त ९७१९, ल २ त ८५९७ र ग २ त २७५८ नम्बरको गरी ५ वटा ट्याक्टरलाई सीमा प्रहरी चौकी महेशपुर, ईलाका प्रहरी कार्यालय अमानीगंज र प्रहरी चौकी गोबरहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ । 

नियन्त्रणमा लिएको उक्त ५ वटै ट्याक्टरलाई आवश्यक कार्यवाहीको लागी पाल्हिन्दन गाउँपालिकाको कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय नवसपरासीपश्चिमका प्रवक्ता राजु लामाले जानकारी दिएका छन् । कोरोना महामारीको मौका छोपी नदि र खोलाहरुमा गिट्टी बालुवा र मिस्कटको उत्खनन्‌ भइरहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ