arrow

तेस्रो विश्वयुद्धमा जोगिन यसरी गर्ने तयारी !

तेस्रो विश्वयुद्ध एवं प्राकृतिक प्रकोपहरूबाट जीवन रक्षक मार्गदर्शिका

logo
अध्यात्म विज्ञान,
प्रकाशित २०७७ भदौ १२ शुक्रबार
war-world.jpg

काठमाडौं ।  हामी एउटा यस्तो संसारमा बसी रहेका छौं जसमा हामी बारम्बार प्रलयकारी दुर्घटनाहरुको सामना गरिरहेका छौं । बढ्दो मात्रामा प्रकृतिक प्रकोप, जलवायु परिवर्तनको साथ सर्वाधिक गर्मि वर्षोंको नयाँ कीर्तिमान, सीरियामा चलि रहेको गृहयुद्ध, आतंकवादी संगठनद्वारा व्यापक रुपमा फैलिरहेको विनाश र बम विस्फोट, प्रवासी संकट, विश्वको महाशक्तिद्वारा परमाणु हतियारको अधिग्रहण र तैनाती (acquisition and deployment) र अन्य सरकारद्वारा अंतरराष्ट्रीय मान्यता प्राप्त गर्ने प्रयत्न आदिले विश्वको अवस्था गम्भिर देखिन्छ ।

फ्रान्सको एउटा प्रसिद्ध द्रष्टा नेस्त्रेदमसद्वारा गरिएको भविष्यवाणिबाट पनि तेस्रो विश्वयुद्ध हुने संकेत मिल्दछ । विभिन्न स्रोतहरुले नेस्त्रेदमसको भविष्यवाणिको व्याख्या गरेका छन् र अनुमान लगाएका छन् की तेस्रो विश्वयुद्ध भयानक हुन्छ । पहिलाको दुई विश्वयुद्धहरु बच्चाको खेल जस्तै प्रतीत हुनेछ । आध्यात्मिक अनुसन्धान र विभिन्न सन्तहरुसँग मार्गदर्शनको माध्यमले पनि तेस्रो विश्वयुद्ध शीघ्र घटित हुने र यसको प्रभाव सर्वव्यापी हुने निक्यौल निकालेका छन् ।

यसअघि हामीले तेस्रो विश्वयुद्धका सम्बन्धमा  सेप्टेम्बर २००६ मा प्रकाशित एक आध्यात्मिक लेख जुन २००७ मा संशोधित गरिएको तेस्रो विश्वयुद्धको भविष्यवाणी  लेख राखेका थियौं ।   जसमा तेस्रो विश्वयुद्धमा विश्वको ५०५ राष्ट्रहरु संलग्न हुने उल्लेख थियो । मानिसहरु राजनीतिज्ञ विश्वास गुमाउछन् अनि आफ्ना उद्धार र निर्देशनका लागि सन्तको मार्गदर्शन लिनेछन् । यस लेखकमा तेस्रो विश्वयुद्ध एवं प्राकृतिक प्रकोपहरूबाट जीवन रक्षक मार्गदर्शिका राखेका छौं ।

स्पिरिच्युअल साइन्स रिसर्च फाउण्डेशन (एसएसआरफ) ले वर्ष २००७ मा तेस्रो विश्वयुद्ध वर्ष २०१५ मा आरम्भ हुने र त्यो लगभग ९ वर्ष अर्थात् २०२३ सम्म चल्नेछ भनेर भविष्यवाणी गरेको छ । यो अवधिमा लडिने युद्धहरु सबै एक अर्कासँग सम्बन्धित हुन्छन् । तर यी युद्धहरु विश्वलाई सहजतासँग स्पष्ट हुँदैन । यो अवधि समाप्त हुने बेलामा परमाणुवीय शस्त्र सहित सामूहिक विनाश गर्न हतियारहरुको प्रयोग हुन्छ । साथै, यो अवधिमा विश्वमा धेरै सुनामी, भूकम्प, बाढी, र ज्वालामुखी विस्फोट जस्तो प्राकृतिक प्रकोपहरुको घटनाहरु संसारले सामना गर्नु पर्ने हुन्छ ।

अहिलेसम्म जो विकसित संसारमा छन् उनीहरुका लागि संकट केहि टाढा मध्य पूर्वी देश अथवा अफ्रीकाको महाद्वीपमा घटिरहेको छ । तर, चाँडै नै यस्तो समय आउनेछ कि यूरोपमा आरम्भ हुनेछ र हामी जाहाँ भएपनि संकट हाम्रौ गल्ली र ढोका अगाडि आइपुग्नेछ । त्यतिखेर धेरै ढिलो भए पनि, व्यक्तिहरु जीवनरक्षाको उपायहरु खोज्ने छन् । यस प्रकारको परिमाणको कुनै पनि युद्ध र उथल-पुथलको फलस्वरूप अभूतपूर्व मात्रामा जनहानि (मृत्यु) र सम्पत्तिको विनाश हुनेछ ।

तेस्रो विश्वयुद्ध पछिको दुस्परिणाम
सबैभन्दा पहिला, जब वर्ष २०१६-२०२३ मा संसारको पतन हुन आरम्भ हुन्छ, यो धेरै शीघ्रतासँग हुनेछ । एउटा अनुमान अनुसार विश्वको एक-तिहाई जनसंख्या (अर्थात, २ अरब भन्दा अधिक मानिसहरु) सामूहिक विनाशको परमाणु हतियारको कारण नष्ट हुन्छन् । लाखौं अन्य मानिसहरु रेडियोधर्मी (radioactive)  प्रदूषण एवं अन्य विविध, मुख्यतः परमाणुवीय अपशिष्ट(nuclear fallout) बाट उत्पन्न कारणहरुले गर्दा मृत्यु हुन्छन् ।

संसारको लगभग आधा जनसंख्या युद्ध र प्राकृतिक प्रकोपको कारण अथवा त्यस पश्चातको दुष्प्रभावको कारण नष्ट हुन्छन् । आपतकालीन सेवाहरु र सरकारी सहायता अनुपलब्ध रहन्छन् अथवा प्रकोप एवं विनाशको विस्तृत सीमाको सामना गर्नको लागि लगभग असमर्थ हुन जान्छ । विश्वको पूर्वाधार ७० प्रतिशतसम्म नष्ट हुन्छ । संसार भरिको अधिकांश शहर पूर्णरुपमा ध्वस्त हुनेछन् । चिकित्सा आपूर्ति अत्यन्त अल्प हुनेछ र डाक्टर एवं अस्पतालहरूको उपलब्धता न्यूनतम हुनेछ ।

रेडियोधर्मी नतीजाको कारण – व्यक्ति, पशु, माछा र भूमि दूषित हुनेछन् । रेडियोधर्मी नतीजाको परिणाम समान्य रूपमा जल निकायहरु १२ महीनासम्म दूषित रहनेछन् । स्वच्छ पिउने पानीको कमी हुनेछ र पानीबाट सर्ने रोगहरुले महामारी निम्त्याउने छ ।  १० वर्षको अवधिको लागि भोजनको कमी हुनेछ । १० वर्षको लागि पेट्रोलको गम्भीर अभाव हुनेछ: मोटरबाट चल्ने यातायातको सबै प्रकारहरुमा प्रतिकूल प्रभाव पर्नेछन् । १० वर्षको लागि गम्भीर बिजुलीको अभाव रहनेछ ।

मानिसहरु विभिन्न मानसिक रोगहरु, चिन्ता र शोकबाट ग्रस्त हुनेछन् । नियम र व्यवस्था पूर्णतय छिन्न-भिन्न हुनेछन् र सबै बाधाहरुमा पनि जीवित रहने आवश्यकताले मानिसहरुमा सर्वाधिक नराम्रो स्थिति ल्याउनेछ । लूटने, अपराध र अस्तित्वको लागि लडाईहरुनै त्यो दिनको व्यवस्था हुनेछ । संकटको समयमा व्यक्तिको वास्तविक प्रकृति राम्रो अथवा नराम्रो, देखिनेछ । यो युद्धको प्रभाव ३० वर्षको लागि हुन्छ र पुनर्निर्माण हेतु १०० वर्ष लाग्नेछ ।

सो अवधि तुलनात्मक हिसाबले थोरै हो किनभने त्यो समयमा, विश्वको जनसंख्या लगभग आधा भईसकेको हुन्छ र त्यो जनसंख्यालाई भोजन तथा विभिन्न सुविधाहरुको उपभोग गर्न सजिलो हुनेछ ।

तेस्रो विश्वयुद्ध देखि जीवित रहने मानिसको लागि यसको अर्थ के हो ?
सामान्यतया त्यस प्रकारको भयानक र हताशको स्थितिमा हरेकको मनमा सर्वाधिक यो विचार हुन्छ कि ‘कसरी म र मेरो प्रियजनहरु जीवित रहन सक्षम हुनेछौं ?’ र ‘कसरी मैले आफ्नो प्रियजनहरु र स्वयंको रक्षा गर्ने ?’ परिस्थिति यस्तो हुनेछ कि प्रत्येक व्यक्ति स्वकेन्द्रित हुनेछ । हाम्रो सहायताको लागि आउने राहत सेवाहरु अथवा कुनै पनि सरकारमाथि भर पर्न सक्ने छैन ।

परिवर्तनबाट गईरहेको विश्व अनि तस्रो विश्वयुद्धमा जीवित रहेको व्यक्ति एक शत्रुतापूर्ण एवं अराजक वातावरणको मध्यमा हुन्छ र यस्तो परिस्थितिबाट जान आवश्यकता हुन्छ जसमा मानवीय सहनशक्ति तथा मानवीय भावनाको सीमाको परीक्षा हुनेछ । जीवित बचेका व्यक्तिहरु वास्तवमा आत्मनिर्भर भएमा फाईदा जनक हुन्छ: अर्थात, जीवित रहनको लागि उपकरणहरुको ज्ञान हुने र ढल्दै गरेको सामाजिक व्यवस्था माथि निर्भर नहुने । सर्वथा आवश्यक आधारभूत चीजहरु पर्याप्त मात्रामा भण्डारण गर्ने देखि विभिन्न संकटहरु सामना गर्न सकने शक्ति साथै मानसिक क्षमता हुने, विभिन्न समस्याहरुको समाधान निकाले जस्तै रेडियोधर्मी अपशिष्ट (Radioactive fallout) बाट कसरी बच्ने, यसले व्यक्तिलाई राम्रो स्थिरतामा राख्दछ । यस्तो समयमा जीवित रहनको लागि प्रत्येक साधन तथा अस्तित्वको विषयमा ज्ञानको प्रत्येक अंश, जीवन अनि मृत्यु बीच अन्तर गर्न सक्छ र यसले तपाईको आपदा तयारिमा वृद्धि गर्नेछ ।

तस्रो विश्वयुद्ध र प्रकोप प्रबंधनको लागि जीवनरक्षक मार्गदर्शन
यस कारण हामीले यो खण्डमा आउने समयमा जीवनरक्षक उपकरणहरु र अभ्यासहरु जसले शरीरिक, मानसिक र आध्यात्मिक स्तरहरुमा तयारि र रक्षाको विषयमा बताएका छौं । तलको प्रत्येक खण्ड एक नयाँ खण्डमा खोलिन्छ जहाँ त्यो पक्षलाई व्याख्या गरेको छ । जसमा  नामजप, बाकसबाट उपाय, एक्यूप्रेशर, शिव स्वरोदय (सूर्य नाडी र चन्द्र नाडी), यन्त्र, प्राणायाम र योगासन, आयुर्वेद, प्राणशक्तिको प्रवाह उपचार (न्यास र मुद्रा सहित), मन्त्रहरु, मर्मचिकित्सा – शरीरको महत्वपूर्ण बिन्दुहरुलाई सक्रिय गर्ने, अग्निहोत्र, अग्निशमन, प्राथमिक चिकित्सा, प्राकृतिक प्रकोप प्रबंधन र जीवन-रक्षा, संवेदनशीलता, सम्मोहन उपचार (स्वभाव-दोष निर्मूलन र अहं निर्मूलन),  बोटबिरुवाहरू अथवा जड़ी-बूटिहरुको रोपण, फिजियोथेरेपी, पुष्प उपचारहरु, संगीत उपचार, रंगीन बोतलद्वारा जल उपचार (Chromopathy)। 

तेस्रो विश्वयुद्धमा जीवित रहनको लागि कदमहरुको भौतिक, मानसिक र आध्यात्मिक स्तहरुको बढ्दो महत्व छ ।  जब प्रकोपको लागि तयारिको विषय आऊछ, हामी धेरै जसो भैतिक चीजहरुमा मात्र ध्यान केन्द्रित गर्दछौं । तथापि आध्यात्मिक अनुसन्धान र आध्यात्मिक सिद्धान्तहरु अनुसार, सूक्ष्म तहका उपायहरु केवल भौतिक स्तरको भन्दा धेरै गुणा अधिक प्रभावकारी हुन्छन् । यो विशेष रूपले हुन्छ तब, जब कुरा प्रकोपको तयारिको कुरा आउँदछ ।

भैतिक उपायहरु (जस्तो वैकल्पिक चिकित्सा, उपचार, तथा प्राथमिक उपचारको ज्ञान, अग्निशमन इत्यादि) स्थूल स्तरमा हुन् । मानसिक उपायहरु (जस्तो सम्मोहन-चिकित्सा आदि) भौतिक उपायको तुलनामा सूक्ष्मतर हुन्छ । आध्यात्मिक उपायहरु (जस्तो भगवानको नामजप, मन्त्रोच्चार, अग्निहोत्रको आध्यात्मिक अनुष्ठान र निरन्तर साधना गर्नु सबै भन्दा सूक्ष्मतम उपाय हो) ।

भौतिक स्तरको तुलनामा सूक्ष्म स्तर धेरै गुणा अधिक प्रभाबकारी हुन्छ । आउने समय तयारी र जीवित रहनको लागि, केवल भौतिक उपायहरु अपनाउनु पर्याप्त हुँदैन संक्षेपमा यसको सार हो । सार्वभौमिक सिद्धान्तहरु अनुसार गरिएको तिव्र साधनानै ईश्वरीय अनुग्रह आकर्षित गर्दछ, जुन भौतिक सुरक्षाको कुनै पनि रूपको संरक्षण-स्तरभन्दा धेरै अगाडिसम्म तपाईको रक्षा गर्ने सक्छ ।

परात्पर गुरु डा आठवले का अनुसार यो अशान्त समयकालमा एक उच्चतम स्तरको सन्तसँग आध्यात्मिक उपाय आवलम्वन गर्नुपर्छ  । जो मानवताको मार्गदर्शन गर्नको लागि दिव्य दूरदर्शिता हुनेछ  जुन आगामी प्रलयकालमा जीवनरक्षक सिद्ध हुनेछ ।  डा आठवले भन्छन्,' हामी पाठकहरुलाई शीघ्र नामजप, साधना र आध्यात्मिक उपचार आरम्भ गर्न आग्रह गर्छौं । साधना आरम्भ गर्नु अथवा निरन्तर साधना गर्नु सर्वोत्तम हुन्छ जसले गर्दा तस्रो विश्वयुद्धको कालमा जीवित रहनको लागि भौतिक, मानसिक र आध्यात्मिक रूपले धेरै राम्रोसँग तयार रहन सकिनेछ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ