arrow

कांग्रेस नेता पन्नाकाजी रहेनन् 

logo
प्रकाशित २०७७ भदौ १३ शनिबार
pannakaji-maharjan-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता पन्नाकाजी महर्जनको निधन भएको छ । कांग्रेसका संस्थापक नेताहरुको समेत सहयोगी भएर काम गरेका कांग्रेसका सच्चा कार्यकर्ता पन्नाकाजीको शनिबार बिहान निधन भएको हो । 

उनी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए । कोरोना भाइरसको महामारीका कारण उनको मृगौला प्रत्यारोपणको काम पनि रोकिएको थियो । उनको उपचारका लागि आर्थिक स्रोतसमेत जुटाउन समस्या भएको थियो । 

कांग्रेस नेता प्रगतिमान रंजितले नेता महर्जनको निधनको पुष्टि गर्दै एक सच्चा कांग्रेस कार्यकर्ता गुमाउन पुगेकामा दुःख व्यक्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ