arrow

पाल्पामा शनिवार थप ६ जनामा संक्रमण, संख्या ५७९ पुग्यो

logo
प्रकाशित २०७७ भदौ १३ शनिबार
Palpa.jpg.jpeg

पाल्पा । पाल्पामा समुदाय स्तरका तीन सहित ५ सय ७९ जनामा कोरोना संक्रमण भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार तिनाउ गाँउपालिकाका र तानसेनमा समुदाय स्तरको महिलामा कोरोना देखिएको हो । शनिवार तिनाउँ गाँउँपालिकामा ६ जना संक्रमित थपिएका हुन् ।

अहिले सम्म पाल्पामा तीन जना समुदाय स्तर सहित ५ सय ७९ जनामा कोरोना देखिएको छ । भने निको भएर ५ सय ६१ जना घर फर्किएका छन । भारतबाट आएका पाँच सय ७० र अन्य समुदाय स्तरका ३ जनालाइ पाल्पामा परीक्षणको क्रममा कोरोना देखिएको छ ।

पाल्पामा ५ सय ६१ जना कोरोना जितेर घर फर्किएका छन् भने तानसेनका एक महिला र पूर्वखोलाका एक पुरुष गरी दुइजनाको मृत्यू भएको छ । शनिवार थपिएको ६ सहित पाल्पामा १६ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयले जनाएको छ ।

पाल्पामा समुदाय स्तरमा कोरोना फैलिन सक्ने भन्दै जिल्ला प्रशासनले गत ५ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । शुक्रवार ७ दिन थपेर १९ गतेसम्म पुर्याएको छ । छिमेकी जिल्लाहरुमा संक्रमण बढेको र खुला सीमाबाट मानिसहरु भित्रने भएकाले सजग रहन प्रशासनले सर्वसाधारणमा आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ