arrow

माओवादी केन्द्रमा पद मिलाउन ‘बहुपदाधिकारी’को अभ्यास, दुई बरिष्ठ उपाध्यक्ष

logo
प्रकाशित २०७३ जेठ ९ आइतबार
maosit-CC-Meeting.jpg.jpeg
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक स्थगित भएको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा ठाउँ अभाव भएपछि बत्तिसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा सुरु भएको बैठक सोमबार फेरि छलफल गर्ने गरी स्थगित भएको बैठकमा सहभागि महाधिवेशन आयोजक समिति सदस्य रत्न ढकालले बताए । 
 
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले बैठकका एजेण्डाबारे ब्रिफ गरे । अध्यक्ष दाहालले प्रस्तुत गरेका ऐजेण्डाहरुमा श्रद्धान्जली, रिपोर्टिङ, कार्यविभाजन र विविध  छन् । एजेण्डा पेश गरेपछि दाहालले समसामयिक राजनैतिक र बैचारिक रिपोर्ट गरे । दाहालले माओवादी एकताले नेपाल र विश्व राजनीतिमै प्रभाव पारको चर्चा गरे  । दिउँसो ३ बजे सुरु भएको  बैठक साँझ ५ बजेसम्म चल्यो । अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने बताइएको छ । सोमबारको बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजनको टुंगो लगाउने छ । 
 
पद मिलाउन बहुपदाधिकारीको अभ्यास
माओवादी एकतापछि बनेको केन्द्रमा पदीय बाँडफाँडको समस्या आएको छ । व्यक्ति बरिष्ठताका आधारमा पद समायोजन गर्न विभिन्न छलफल भइरहेका छन् । माओवादी नेता रत्न ढकालका अनुसार तीन मोडलमा छलफल भइरहेको छ ।
 
उनले भने, ‘बहुपदाधिकारी बनाउने अभ्यास भइरहेको छ, बहुपदाधिकारीमा अध्यक्ष, दुई बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव उप–महासचिव लगायतका पद सिर्जना हुने छ ।’ अनि बरियतामा झगडा छ भन्ने सुनियो ? जवाफमा उनले भने, ‘त्यसैका लागि बहुपदाधिकारी मोडलमा छलफल भइरहेको हो ।’ सोमबारको बैठकबाट केही निष्कर्ष आउन सक्छ । यद्यपि, दाहालले गरेको प्रस्तावमा ५ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष हुने भनिएको छ ।
 
मूख्य गरेर पदाधिकारी, सचिवालय, पोलिटब्यूरो र केन्द्रिय समिति बनाउने भन्नेमा बृहत्त छलफल भइरहेको छ । त्यसमा पनि सचिवालय, पोलिटब्यूरो र महाधिवेशन आयोजक समितिमा संयोजक राख्नेबारे समेत छलफल भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ