arrow

बैकल्पिक माध्यमबाट अध्ययन अध्यापन गराउने बारेमा हुप्सेकोटको बिज्ञहरुसँग छलफल

logo
बिष्णु गौडेल,
प्रकाशित २०७७ भदौ १४ आइतबार
hupsekot-digital-meeting.jpg

नवलपुर। लामो समयदेखि अवरुद्ध रहेको शिक्षा क्षेत्रको वैकल्पिक व्यवस्थाका वारेमा नवलपरासी पुर्वको हुप्सेकोट गाउँपालिकाले छलफल थालेको छ । कोरोना भाइरसका कारण अवरुद्ध रहेको पठनपाठनलाई बैकल्पीक व्यवस्था मार्फत कसरी सञ्चालन गर्न सकिन्छ भन्ने वारेमा गाउँपालिकाले सांसद, विभिन्न पालिका प्रमुख र शिक्षा विदहरुसंग छलफल गरेको हो ।

हुप्सेकोट गाउँपालिकाको आयोजनामा पुर्व स्वास्थ्यमन्त्री एवम् सांसद गंगन थापा, शिक्षाविद डा. विद्यानाथ कोइराला, डा. नवराज लम्साल सहित विभिन्न जिल्लाका २० वटा पालिका प्रमुख सहितको भिडियो संवादमा पठनपाठन कसरी अगाडि वढनाउने भन्ने वारेमा साझा छलफल गरिएको थियो ।

कार्यक्रममा सांसद गंगन थापाले कारोना भाइरसको त्रास लामो समयसम्म रहने हुँदा अव स्थानिय सरकारले वैकल्पिक माध्यमबाट अध्ययन कार्य अगाडि वढाउन सुझाव दिए। विद्यार्थीलाई पाठ घोकाउने नभइ व्यवहारीक ज्ञान र प्रयोगात्मक सिप सिकाउदै सुचना प्रविधिको प्रयोग मार्फत पठाइ सञ्चालन गर्न सकिने उनले वताएका थिए ।

शिक्षाविद् विद्यानाथ कोइरालाले स्थानियस्तरमा उपलव्ध साधन स्रोतलाई प्रयोग गरेर पठनपाठन अगाडि वढाउन सकिने वताए। अव स्थानिय सरकारले वाटो पिच गर्नु मात्र विकाश हो भन्ने मान्यता हटायर वालवालिकालाई रेडियो, टेलिभिजन, इन्टरनेट जस्ता वैकल्पीक माध्यमबाट शिक्षा दिनुको विकल्प नरहेको उनको भनाई थियो। संघियताको मुल मर्मलाई स्थापित गर्ने अवसर अहिले आएको वताउदै कोइरालाले लामो समयसम्म पढाइ कार्य रोकिनु राम्रो नभएको हुदा तत्कालै वैकल्पीक माध्यमबाट पढाइ सुरु गर्न आग्रह गरे।

बरिष्ठ संचारकर्मी डा. नवराज लम्सालले शिक्षकहरुले आफ्नो दक्षताको प्रमाण पेश गर्ने वेला आएको वताउँदै नयाँ प्रविधि र उपयुक्त विधि मार्फत विद्यार्थीलाई शिक्षा प्रदान गर्नुपर्ने बताए। दुर्गम सुगम सवै ठाउँका वालवालिकालाई उपयुक्त माध्यम रेडियो भएकाले रेडियो मार्फत वैकल्पिक शिक्षा सञ्चालन गर्न लम्सालले सुझाव दिए।

गाउँपालिका राष्ट्रिय महासघका महासचिव वंशलाल तामाङले स्थानिय सरकारले वैकल्पिक प्रयास गरे पनि त्यसको प्रभावकारीताका लागि साझा रुपमा अभियान थाल्नु पर्नेमा जोड दिए । सोहि अवसरमा गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय सदस्य मानवहादुर डाँगी, लेखनाथ पोख्रेल, वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँण, हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डे सहित विभिन्न पालिकाका प्रमुखहरुले आ आफ्नो पालिकामा भएको प्रयासको वारेमा चर्चा गरे ।

कोरोना संक्रमणको असरले देशभरको शैक्षिक गतिविधि अवरुद्ध भएको हुदा त्यसको समाधानका लागि विज्ञ सहितको छलफल गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले वताइन् । कोरोनाले सृजना गरेको समस्या सवैको साझा समस्या भएकाले यसको असर कम गर्न पनि सयुक्त रुपमा अगाडि वढे सहज हुने भएकाले प्रयास थालिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष पाण्डेले वताइन । शिक्षाको क्षेत्रमा हुप्सेकोट गाउँपालिकाले यसअघि देखि नै रेडियो शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको हुँदा अझै लामो समयसम्म वन्दावन्दी जान सक्ने देखिएपछि अन्य उपाय के गर्न सकिन्छ भन्ने वारे छलफल गरिएको उनले वताइन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ