arrow

भाग्यमानी मुगुवासी, कोरोना शून्य जिल्ला 

माननीयहरु माथिको शक्ति लगाउने गरेको प्रजिअको गुनासो

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ भदौ १४ आइतबार
mugu-district.jpg

मुगु । मुगुबाट कोरोना परिक्षणका लागि पठाएका पछिल्ला स्वावहरुको परिणामले मुगु अझै कोरोना संक्रमणबाट सुरक्षित रहेको देखाएको छ ।

मुगु जिल्लाका कोरोना परिक्षणका लागि कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएका ३६१ जनाको स्वाब शनिबार रातिसम्म परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएपछि कोरोनाबाट जिल्ला अझै सुरक्षित रहेको बताइएको हो ।

गत ८ गते मुगुबाट पठाएका ६२ जनाको स्वाव परिक्षण गर्दा जिल्ला स्वास्थ्य सेवा कार्यालयमा कार्यरत लेखापालमा कोरोना पोजेटिभ  देखिएपछि ९ गतेबाट जिल्ला अस्पतालका आकस्मिक सेवा बाहेकका सबै सेवा र छायाँनाथ रारा नगरक्षेत्र पूर्ण बन्द गरिदै आएको थियो ।

पोजेटिभ देखिएका लेखापालको कन्ट्रयाक ट्रेसिङ्ग गर्दा उनी कोलेनिकामा भएको लेखापालहरुको नयाँ सप्टवेयर तालिमदेखि लिएर जिल्ला अस्पताल र गमगढी बजारमा समेत सम्पर्कमा गएको देखिएपछि ९ गते जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना समुदाय स्तरसम्म पुगेको आशंका गर्दै परिक्षण दायरा बढाउन भन्दै प्रमुख जिल्ला अधिकारीलाई अत्यावश्यक बाहेकका सबै सेवा बन्ध गर्न आदेश दिन सहमति दिएको थियो ।
पोजेटिभ भनिएका लेखापालकोे कन्ट्रयाक हिस्ट्रीमा उनी मुगुम कार्मारोङ्ग गाउँपालिकासम्म पनि पुगेको पाइएपछि त्यहाँका १०० जना र स्थानिय तह ,प्रदेश कार्यालय, संघिय मातहतका कार्यालय, जिल्ला अस्पताल, स्वास्थ्य सेवा कार्यालय, केहि व्यापारी, सरक्षाकर्मी, संचारकर्मी, जिल्ला प्रशासनका कर्मचारी र नगरपालिकाले समुदायमा आरडिटी परिक्षण गर्दा पोजेटिप आएका व्यक्तिहरु सहित २६१ गरि ३६१ जनाको स्वाव परिक्षणका लागी १२ गते जुम्ला पठाईएको थियो ।
नगर क्षेत्र देखि जिल्ला अस्पतालसम्म सिल गरिएपछि त्रासमा रहेका स्थानियहरु शनिबार मुगुबाट पठाईएका ३६१ वटै स्वाबमा कोरोना संक्रमण नभएको पाईएपछि भने खुशी भएका छन् ।

शनिबार सबैको रिपोर्ट नेगटिभ आएपछि मुगु अझै पनि सुरक्षित रहेको पाईएको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौला बताउँछन् । जिल्ला सुरक्षित भएपछि छिमेकी जिल्लाहरु र मुगुका व्यापारिक कारोवार हुने देशका प्रमुख शहरहरुमा कारोना संक्रमित बढिरहेकाले सिमा नाका र हवाई उडानमा कडाई गर्ने र जिल्लालाई आगामी दिनमा कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारे सरोकारवाला निकाय र व्यक्तिहरुसंग सल्लाह गरेर निष्कर्षमा पुग्ने पनि उनी बताउँछन् । 

मुगु जिल्लामा गत ८ गतेसम्म ४ जनामा कोरोना संक्रमण देखिएकोमा खत्याड गाउँपालिकामा रहेका ३ जनाले कोरोनालाई जितेर घर गैसकेका, त्यसपछि पठाईएका स्वावहरुको परिक्षणमा नेगटिभ रिपोर्ट आउने गरेको र छायाँनाथ रारा नगर क्षेत्रमा देखिएका पछिल्ला संक्रमति भनिएका लेखापालको ५ दिनपछि गरिएको दोस्रो परिक्षण सहित उनको सम्पर्कमा गएका सबैकोे व्यक्तिहरुको पनि रिपोर्ट नेगटिभ आएकाले मुगुमा समुदाय स्तरसम्म अझै कोरोनाले नछाईसकेको देखिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताए ।

जिल्लामा रहेका चारै जना संक्रमितहरुले कोरोनालाई जितेर जिल्ला कोरोना संक्रमित शुन्य जिल्ला भएता पनि नेपालजंग, सुर्खेतबाट हवाई उडानका नाममा विमान कम्पनीहरुले नक्कली आरडिटी र पिसिआर रिपोर्ट बनाई तथा पुराना रिपोर्ट देखाई यात्रु ओसार्ने गर्ने गरेकाले तराईबाट हवाई यात्रा गदै कोरोना मुगु पुग्ने हो की भन्ने चिन्ता बढको छ ।

जिल्लालाई सुरक्षित राख्ने भन्दा पनि अत्यावश्यक अवस्था रहेको बहाना बनाई जिल्ला कै माननियहरुले हवाई उडानका लागि दवाव दिने गरेकाले त्रास अझै रहेको प्रमुख जिल्ला अधिकारी निरौला भन्छन् । उनले गुनासो गरे, ‘सो नगरौँ भन्दा उल्टै माथिको शक्ति लगाउनु हुन्छ ।’

मुगु जिल्लामा हालसम्म २ हजार ५५२ जनाको स्वाव संकलन गरि पिसिआर परिक्षण गरिएकोमा ४ जननको रिपोर्ट पोजेटिभ आएको र २५४८ जनाको रिपोर्ट नेगटिभ आएको बताइएको छ । पाजेटिभ देखिएका चारै जनाहरुले कोरोनालाई जितेर हाल उनीहरु घर फर्किसकेका छन् । शनिबारबाट जिल्लामा कोरोना संक्रमित शुन्य रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ