arrow

मृत अवस्थामा भेटिएकी राधा देवीको हत्या भएको माईती पक्षको आरोप

logo
प्रकाशित २०७३ जेठ ९ आइतबार
Rada-vedi-shah-picture-.jpg.jpeg
वीरगंज ।  वीरगंज मुर्ली बगैचामा मृत अवस्थामा भेटिएको महिला राधा साहको हत्या वताईएको छ । वीरगंजको  मुर्ली बंगैचा वडा न. १५ निवासी राधा देवी साह कानुको ससुराली पक्षले यताना दिएर हत्या गरेको उनका दाई जितेन्द्र प्रसाद गप्ताले आरोप लगाएका छन् । वारा जिल्लाको महागढिमाई नगरपालिका गढीमाई टोलमा माईता रहेको राधाको गत बर्षको फागुन १० गते वीरगंज मुर्ली बगैचा निवासी सुवास प्रसाद साहसँग विहे भएको थियो ।
 
नयाँ जीवनको शुरुवात गर्न विगंज आएकी राधाको तीन महिना नवितदै हत्या भएको उनका परिवारले आरोप लगाएका छन् । केटा पक्षले राधा आत्मा हत्या गरेकी वताए पनि घटनाको प्रकृति हेर्दा आत्माहत्या नभई हत्या भएको उनका दाई जितेन्द्र साहले वताए । पत्रकार महासंघ पर्साको सभा हलमा मधेशी पत्रकार सघं पर्साले आयोजना गरेको पत्रकार सम्मेलन आफनो बहिनीको हत्या भएको जितेन्द्र प्रसाद गुप्ताले वताए  ।
 
घटना शुक्रवार विहानैको भए पनि माइता पक्षलाई वेलुका ५ वजे मात्र विहुला पक्षले खवर गरेको थियो । प्रहरीले घटनाको विषयमा अनुसन्धान गरि रहेको वताए पनि हाल सम्म केटा पक्षका एक जनालाई पनि पक्राउ गर्न सकेको छैन् । प्रहरीले शवको पोस्टमार्टम गरी परिवारको हिजै ससुराली पक्षलाई जिम्मा लगाएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले थप कुरा पोस्टमार्टमको रिर्पोट आए पछि वताउँने जनाएको छ ।
 
मधेशी पत्रकार संघ पर्साको अध्यक्ष मनोज पटेलको अध्यक्षतामा सम्पन्न भएको पत्रकार समेलनमा वोल्दै राधा देवीको दाई जितेन्द्र साहले घटनाको छानविन गरी सत्य, तथ्य कुरा उजागर गर्न प्रहरी प्रशासनसँग माग गरेका छन् । मानव अधिकारकर्मी तथा महिला अधिकारकर्मीहरुको उपस्थितीमा आयोजना गरिएको पत्रकार समेलनमा मृतक राधा देवीकी माईता पक्षले आफनो छोरीले कुनै पनि हालतमा आत्मा हत्या गर्न नसक्ने वताउँदै घटनालाई प्रहरी,प्रशासन र राजनितिककर्मीहरुको मिलोमतो दवाउँन प्रयास भईरहेको दावी गरेका छन् । 
 
पत्रकार सम्मेलनमा वोल्दै मानव अधिकारकर्मी प्रमान्नद चौधरीले दोषी जो भए पनि यस्ता घटनाको छानविन गर्न जरुरी रहेको वताए । सत्य बाहिर ल्याउन प्रहरीको भुमिका महत्वपूर्ण हुने बताउँदै घटना हत्या अथवा आत्माहत्या जे भए पनि अनुसान्धान हुनु पर्ने चौधरीले वताए । उनले घटनाको मानव अधिकारकर्मीले पनि छानविन गर्ने पत्रकार सममेलनमा वताए  । 
 
राधाको  विहेमा २५ लाख रुपैया दाइजो  दिएको वताउँदै उनका परिवारजनले २ लाख रुपैया दिन बाकी नै रहेको पत्रकार सम्मेलनमा वताए । त्यो बिषयलाई लिएर उनका सासु ससुराले बिभिन्न खाले  यातना दिने गर्ने वताउँदै उनका दाई जितेन्द्र गुप्ताले आफुले त्यो रकम पनि दिन वाचा गरेको वताए । तर बहिनीलाई बिहे भएको १० दिन मै मानसिक र शारिरिक यातना ससुराली पक्षले गर्न थालेको, जलाई दिने धमकी दिएको तथा चाकुले आखाँ घोच्ने प्रयास गरेको साहले वताए  ।
 
बहिनी बिरामी हुदा उपचार समेत नगराएको, माईतामा लगी उपचार गर्न भनेको तथा उपचार हामीले उपचार गरी पठाएको एक दिन बितदै यस्तो घटना घटनु शंकास्पद भएको साहले वताउनु भयो । पत्रकारहरुको प्रश्नको जवाफ दिदा दिदै भावुुक वनेका साहले आफुले न्याय पाउँनु पर्ने बताउदै यसमा सबै आम नेपाली जनताहरुको सयहयोग आवश्यक रहेको वताए । मृतक राधा देवीको श्रीमान् इन्जिनियर रहेको तथा वीरगंज करिडोरमै रहेको एक कम्पनीमा काम गदै आएकोले हामीले मोटो रकम दिएर बहिनीको धार्मिक रितिरिवाज अनुसार बहिनीको बिहे गरी दिएको पनि साहले वताए ।  घटनाको पोस्टमार्टम आउँँन ढिलाई भई रहेको कारण घटना रहस्यमय बन्दै गएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ