arrow

निदहराम भएको त्यो दुई रात अझै झल्झल्ती सम्झन्छन् हापुुरे बासी !

logo
शरद रेग्मी,
प्रकाशित २०७३ जेठ ९ आइतबार
dang-hapre-bahas.jpg.jpeg
दाङ । विक्रम सम्वत् २०५७ साउन २९ गतेको त्यो दिन हापुरेबासीेकै थियो । यद्धपि सो शान्ति वार्ताले सार्थकता त पाएन । यद्यपि, शान्तिको विजारोपण भने अवस्य गरेको थियो । शान्ति वार्ता स्थलमा राज्यपक्षबाट कमल थापा र प्रकाशचन्द्र लोहनी थिए । तत्कालिन विद्रोही माओवादीबाट बाबुराम भट्टराई र कृष्णबहादुर महरा थिए । सहजकर्ताका रुपमा पद्मरत्न तुलाधर र दमननाथ ढुंगाना समेत आएका थिए । 
 
त्यी वार्ताका दुई दिन हापुरेबासीको निद्रा हराएको थियो, बजारमा राज्यका सेना र माओवादीका सेनाहरुको भिन्नाभिन्नै सुरक्षा घेरा । विस्तारै आधा दशक नवित्दै राज्यले शान्ति पायो र हापुरेले पनि शान्ति पायो । तर, हापुरेको विकासका लागि न राज्य न राजनीतिक दल कसैले सोचेनन् । राज्यको बेवास्तापछी अब व्यवसायीहरु विकास पथका लागि तातिएका छन् । 
 
त्यसै सन्दर्भमा हापुरे उद्योग वाणिज्य संघको आयोजनामा शनिबार हापुरे बजारमा समग्र दाङको विकास, प्रादेशिक राजधानी तथा औद्योगिक शहर स्थापनाका विषयमा बृहत सर्वदलिय–सर्वपक्षिय छलफल भएको छ । छलफलका सहभागीले मुलुकले नयां संविधानसंगै अब स्थाई शान्ति पाएको बताउंदै अब समृद्धिकालागी एकतावद्ध आवाजको प्रतिवद्धता गरे । विकासका अधिकार लगायत आर्थिक समृद्धि संगसंगै दाङलाई प्रान्तिय राजधानी बनाउने आधारहरुका विषयमा समेत बृहत छलफल भएको छ ।
 
‘दाङ—तुलसीपुर—सुर्खेत सडकको कालोपत्रे, घोराही—मुर्कुटी—प्युठान अर्घाखाँची बैकल्पिक सडक, तुलसीपुर विमानस्थलको स्तरोन्नती, तुलसीपुरमा क्षेत्रीय स्तरको इन्धन डिपोको स्थापना तथा घोराहीमा मेडिकल कलेज स्थापना हाम्रा समृद्धिका आधारहरु हुन्, त्यसका लागि सामूहिक अभियान थालौं’—कार्यक्रमको विषय प्रवेश गर्दै आयोजक संस्था हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञान प्रसाद आइतवारेले अभिव्यक्ति पस्किए । 
 
कार्यक्रममा स्थानिय राजनितिक दलका पदाधिकारीहरु, दाङ उद्योग वाणिज्य संघका पदाधिकारीहरु, नारायणपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरु लगायत नागरीक समाजका प्रतिनिधिहरु उपस्थित थिए । सहभागि सवैले मुलुकमा स्थायी शान्ति स्थापनाका लागि नयाँ संविधान कार्यान्वयनसंगै अब समग्र दाङको आर्थिक समृद्धिकालागी सवै राजनितिक दलहरुले निस्वार्थ रुपमा एकिकृत पहल थाल्नुपर्ने समेत प्रतिवद्धता जनाए । त्यससंगै स्थानिवासीले दाङ जिल्लाको कर्णाली भनेको पुरन्धारा गाविस रहेको भन्दै पुरन्धाराको विकासकालागी दाङ—तुलसीपुर—सुर्खेत सडकको स्तरोन्नतीलाई पहिलो प्राथमिकता दिनु पर्ने आवश्यकता औंल्याए । 
 
विसं २०५२ शालमा ट्रयाक खुलेको सडक अझै सहज रुपमा यातायात सेवा सन्चालन हुन नसक्नुले पुरन्धाराबासीहरु मारमा परेकोबारे समेत कार्यक्रममा सहभागिहरुले बताए । त्यसैगरी उनीहरुले आफुहरु राज्यबाट दिइंदै आएको विद्युत सुविधा, टेलिफोन सुविधा लगायतका विषयमा पनि ठगिंदै आएको बताउंदै हापुरेमा विद्युत महंशुल काउण्टर स्थापना गर्न समेत
 
जोडदार माग गरेका थिए । ‘८० रुपैयाको विद्युत महंशुल बुझाउन दुइ दिनको श्रम सहित दुइसय असि रुपैया खर्च गर्नुपर्ने बाध्यता रहेको छ, त्यसैले पनि हापुरेमा एउटा विद्युत महंशुल काउन्टर स्थापना अपरीहार्य छ’—उद्योग वाणिज्य संघका टेक वहादुर भण्डारीले सहभागि उद्योगी व्यावसायी प्रतिनिधि तथा राजनितिक दलका प्रतिनिधिहरुलाइ आग्रह गर्दै भने । 
 
हाल जिल्लाको पाँचौ ठुलो बजार र दाङ सुर्खेत सडक स्तरोन्नती भएमा तेस्रो ठुलो शहर बन्ने संभावना बोकेको हापुरेलाइ व्यावस्थीत बसोबासको व्यवस्थापन गर्न हापुरे उवासंघले सार्वजनिक सौचालय निर्माणको पहल, निश्चित सरकारी मापदण्डमा जग्गा प्लटिङ, पुरन्धारा छहरालाइ पिक्निक स्पट, फोहर व्यवस्थापन प्रक्रियाको थालनी तथा हापुरेमा बैंकिङ सेवाको निरन्तरताका विषयमा समेत पहल थालिएको भण्डारीले बताए ।
 
छलफलको नेतृत्व गरिरहेका उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेले विकास बहस सकारात्मक अभ्यास भएको बताउंदै जिल्लाको समग्र विकासकालागि सवै उद्योग वाणिज्यसंघहरुले हातेमालो गरी अघि बढ्नुपर्नेमा जोड दिए ।  ‘जिल्लाको समग्र विकास नभए व्यवसायिक विकास पनि
असम्भव प्राय छ, त्यसैले विकाशमा हाम्रा पाइलाहरु एकिकृत रुपमा अघि बढ्नुपर्छ’—बन्जाडेले भने । बन्जाडेले तुलसीपुर—सुर्खेत सडकको स्तरोन्नती आफुहरुको दशकौं अघिदेखिको सपना भएको भन्दै त्यसलाइ साकार पार्न दाङ उद्योग वाणिज्य संघ कहिल्यै पछि नहट्ने समेत उद्घोष गरे । 
 
यस्तै, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले मुलुकमा स्थानिय निकाय निर्वाचन नभएको अवस्थामा उद्योग वाणिज्य संघहरुले जनप्रतिनिधिहरुको समेत भुमिका निर्वाह गर्नुपर्ने बाध्यता रहेको अवस्थामा आफुहरु त्यो भुमिकामा समेत काम गर्नुपर्ने बाध्यता रहेको बताए । ‘हामीहरुलाइ अहिले व्यवसायीहरुका अधिकारसहित अआफ्नो क्षेत्रको समग्र विकाश निर्माणको समेत नेतृत्वदायि भुमिका निर्वाह गर्नु परेको छ, यो दोहोरो भारको अन्त गर्न राज्यले तत्काल स्थानिय निकायको निर्वाचन गर्नुपर्छ’—रिजालले भने । साथै उनले पश्चिम दाङको तुलसीपुरमा हवाई यातायातको नियमितता देखि क्षेत्रीय स्तरको इन्धन डिपो स्थापना र तुलसीपुर सुर्खेत सडकको स्तरोन्नतीमा समेत तुलसीपुर उद्योग वाणिज्य संघ निरन्तर लागीरहेको बताए । 
 
सर्वदलिय–सर्वपक्षिय छलफलमा नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल प्रसाद लम्सालले पनि दाङलाइ संघिय राजधानी बनाउन आवश्यकपर्ने पूर्वाधारहरु निर्माण गर्न जिल्लाका संपुर्ण व्यवसायीहरु तथा राजनितिक दलहरुको सामुहिक अभियानको आवस्यकता रहेको औल्याए । ‘जहां जे संभावनाहरु छन्, त्यहां त्यस्तै अभियानहरु थाल्दै जानुपर्छ, हामीहरुले पनि नारायणपुरमाअन्तर्राष्ट्रिय विमानस्थलको संभावनाका विषयमा विकल्प खोजिरहेका छौं’—लम्सालले भने ।
 
नेपाली कांग्रेस पुरन्धारा गाउँ इकाइ सभापतिवल वहादुर बुढा, नेकपा माओवादी केन्द्रका शशिल आचार्य, राजमोका दयाराम गौतम, शिक्षकप्रेम वहादुर वली, मोत प्रसाद भुषाल, व्यवसायी विकाशराज वलाम लगायतले समेत आ–आफ्ना भनाई राखे । सो अवसरमा हापुरेका इमान्दार र पुराना व्यवसायी शिवलाल खत्री सम्मानित भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ