arrow

चन्द्रागिरिमा ९१ जना कोरोना संक्रमित

logo
प्रकाशित २०७७ भदौ १४ आइतबार
chandragiri-municipality.jpg

काठमाडौँ । चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमितको सङ्ख्या ९१ पुगेको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्यद्वारमा रहेको चन्द्रागिरिमा आइतबारसम्म कोरोना संक्रमितको सो सङ्ख्या पुगेको हो । 

नगर प्रमुख घनश्याम गिरीले चन्द्रागिरिभित्र ९१ व्यक्तिलाई कोरोना संक्रमण देखिए पनि ४७ व्यक्ति डिस्चार्ज भएर घर फर्किसकेको जानकारी दिए। 
नगरपालिकाका अनुसार वडा नं १ मा दुई, वडा नं २ मा एक, वडा नं ३ मा पाँच, वडा नं ४ मा तीन, वडा नं ५ मा चार, वडा नं ६ मा चार, वडा नं ७ मा पाँच, वडा नं ८ मा १०, वडा नं ९ मा छ, वडा नं १० मा सात, वडा नं ११ मा १०, वडा नं १२ मा १२, वडा नं १३ मा सात, वडा नं १४ मा चार र वडा नं १५ मा १० संक्रमित देखिएका छन् । 

सोमध्ये वडा नं १ मा एक, वडा नं ३ मा चार, वडा नं ४ मा दुई, वडा नं ५ मा एक, वडा नं ६ मा दुई, वडा नं ७ मा दुई, वडा नं ८ मा पाँच, वडा नं ९ मा तीन, वडा नं १० मा तीन, वडा नं ११ मा नौ, वडा नं १२ मा आठ, वडा नं १३ मा एक, वडा नं १४ मा एक र वडा नं १५ मा पाँच जना संक्रमित निको भएर घर फर्किएका छन् । 

नगरपालिकामा रहेका सक्रिय संक्रमितमध्ये २१ जनाको उपत्यकाका विभिन्न अस्पताल र २३ जनाको होम आइसोलेसमा उपचार भइरहेको जनाइएको छ । चन्द्रागिरिमा हालसम्म कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नगरपालिकाभित्रका १५ वटै वडामा पीसीआर परीक्षण बढाइएको नगरप्रमुख गिरीले बताए । चन्द्रागिरि वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ