arrow

नेपाली कांग्रेसका नेता एवं वडाध्यक्ष राजेश्वर सिंहको निधन

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७७ भदौ १४ आइतबार
singha.jpg

कपिलवस्तु । नेपाली कांग्रेसका पुराना नेता एवं वुद्धभूमी नगरपालिका वडा नं ७ मानपुरका वडा अध्यक्ष राजेश्वर सिंहको आइतवार बुटवलमा उपचारको क्रममा निधन भएको छ । सिंह लामो समय देखी नेपाली कांग्रेसको राजनितिमा क्रियाशिल रहदै आएका थिए । सिंह साविक जिल्ला विकास समितिका इलाका सदस्य समेत भएका थिए । 

अहिले स्थनीय तहको निर्वाचनमा बुद्धभूमी नगरपालिका वडा नं ७ को वडा अध्यक्षमा निर्वाचित भई काम गर्दै आएका थिए । नेपाली कांग्रेस तत्कालिन क्षेब नं ४ का क्षेत्रिय सभापति पनि सिंह बनेका थिए । ७१ बर्षिय सिंहको पछिल्लो समयमा विभिन्न दिर्घ रोगको कारण समस्या रहेको र उपचारको क्रममा निधन भएको परिवारले जनाएको छ । 

सिंहको निधन प्रति नेपाली कांग्रेस कपिलवस्तुले गहिरो दुःख व्याक्त गरेको छ । पार्टी सभापति सुरेन्द्रराज आर्चायले एक शोक विज्ञप्ती जारी गर्दै नोपली कांग्रेस कपिलवस्तुका होनहार कार्यकर्ता र लोकतन्त्र र प्रजातन्त्रको लागि निरन्तर लडिरहेका सिंहको निधनले सिंगो नेपाली काग्र्रेंसलाई अपुरणिय क्षती पुगेको जनाइएको छ । 

निधन भएका सिंह प्रति भावपुर्ण श्रद्धान्जली अर्पण गर्दै मृतक परिवारजन प्रति समवेदना प्रकट गरिएको छ । त्यस्तै बुद्धभूमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले सिंहको निधन प्रति दुःख व्याक्त गर्दै सिंगो नगरपालिकाको विकासमा सिंहको योगदानको चर्चा गर्दै नगरले उनका सल्लाह र मार्गदर्शदन अवलम्वन गर्ने बताए । 

वडा मात्र नभइ नगरको विकासमा सिंहले पुर्याएको योगदानको नगरपालिकाले कदर गर्दे उहांको वडा तथा नगरको विकासमा कोरेका योजनाहरु साकार पार्ने समेत नगर प्रमुख श्रेष्ठले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ