arrow

धनकुटाको आईसोलेशन सेन्टरमा शुरु भयो कोरोनाको उपचार 

logo
विजय राई,
प्रकाशित २०७७ भदौ १४ आइतबार
dhankuta-isolation-center.jpg

धनकुटा। धनकुटामा स्थापना गरिएको आईसोलेशन सेन्टरमा आइतवारदेखी कोरोना विरामीहरुको उपचार शुरु गएिको छ ।

पूर्वी पहाडी जिल्लाहरुमा पहिलो पटक धनकुटाको निर्माणधिन औद्योगिक ग्राममा स्थापना गरिएको आईसुलेशन सेन्टरमा धनकुटाका १३ जना प्रहरी सहित १९ जना सक्रमितहरुलाई भर्ना गरी आइतवारदेखी कोरोनाका विरामीहरुको उपचार गर्न शुरु गरिएको धनकुटा स्वास्थ्य कार्यालयका प्रमुख तुलसी प्रसाद गुरागाईले वताए।

हिजो साँझसम्म स्थापना गरिएको धनकुटा आईसोलेशन सन्टेरमा धनकुटा जिल्ला प्रहरी कार्यालयमा कार्यरत १३ जना प्रहरी, नेपाल टेलिकमका ४ जना कर्मचारी र धनकुटाका दुई जना स्थानीयलाई भर्ना गरी धनकुटा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी र धनकुटा नगरपालिाका स्वास्थ्यकर्मीहरुको टोलीको निगरानीमा उपचार शुरु भएको धनकुटा अस्पतालका प्रमुख डा पुजन बिश्मकर्माले जानकारी दिए।

दिन प्रतिदिन कोरोना भाईरसको विरामीको संख्या धनकुटामा पनि बढ्दै गएकाले धनकुटा औद्योगिक ग्राममा स्थापना गरिएको आईसोलेशन सेन्टरमा १ सय बेडसम्म स्थापना गर्नुपर्ने अति आवश्यक भएकोले थप आईसोलेशन वार्ड स्थापना गर्न धनकुटा उद्योग बाणिज्य संघले पनि सहयोग गर्ने धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए। उनले अन्य निकाय र संस्थाहरुलाई पनि सहयोग गर्न आग्रह गरे।

धनकुटाका सात वटै स्थानीय तहले पनि अव कम्तिमा २० वडा आईसोलेशन वार्ड आआफ्नो तहमानै तत्काल स्थापना गर्न संघले आग्रह गरेको छ।

कोभिड १९ धनकुटा जिल्ला स्तरीय सिएमसीको बैठकले धनकुटा नगरपालिका वडा नं. ६ मा रहेको औद्योगिक ग्राममा आईसोलेसन वाड स्थापना गरी संचालन गर्ने निर्णय भएबमोजिम आईसलेसन वाड स्थापना गरिएको हो ।

धनकुटा अस्पतालमा आईसियू र भेन्टिलेटर सहितको १० वाड स्थापना गर्ने र पिसिआर मेसिन खरिद गर्ने प्रक्रिया चाडै अगाडी बढाईने समेत धनकुटा अस्पतालका प्रमुख पुजन बिश्वकर्माले वताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ