arrow

विपीले हामीलाई प्रजातन्त्र दिएर गए

logo
प्रकाशित २०७३ जेठ १० सोमबार
image.jpeg.jpeg

काठमाडौं । झण्डै आधा महिना भन्दा बढी कारागारको जीवन विताएर निस्किएपछि सीधै आफू पढ्ने विद्यालय तिर हानिएका कृष्णप्रसाद भट्टराईलाई विद्यालयमा पुग्दा पाएको सम्मान र उनलाई दिएको महत्वले उनी आफैं चकित भएको स्मरण आफ्नो जीवनीका घटनाहरू समेटेको पुस्तक ‘मेरो म’ मा उल्लेख गरेका छन् । उनको यो कहानी भारतीय स्वतन्त्रता संग्रामताका बनारसमा घटेको घटना थियो । उनी भन्छन् ‘जाबो यति जेल बस्दा त यत्रो सम्मान छ भने अझ दुई तीन वर्ष जेल बसेको भए झन् कत्रो सम्मान हुन्थ्यो होला ?’

आज भन्दा ६५ वर्ष पहिले नेपालमा स्वतन्त्रता आउनुभन्दा पहिले कैयौ नेपालीहरूले भारतीय स्वतन्त्रता संग्राममा आ–आफ्नो योगदान दिएका थिए त्यो इतिहासमा नै विलिन भईसकेको छ । तर, नेपालका केही हस्तीहरू छन् जसले स्वतन्त्रता संग्रममा दिएको योगदानलाई अझै पनि केयौं भारतीयहरूले विर्सन सकेका छैनन् ।
तात्कालीन समयमा विभिन्न कारणले नेपालबाट बनारसमा पुगेर आफ्नो अध्ययनको लागि बसेका विश्वेश्वर प्रसाद कोइराला, कृष्ण प्रसाद भट्टराई, मनमोहन अधिकारी लगायतका नेताहरूले तात्कालीन विद्रोही महात्मा गान्धीको सत्याग्रह आन्दोलनमा देखाएको ऐक्यबद्धता कै कारणले अहिले पनि ती नेताहरूप्रति भारतीयहरूको श्रद्धामा कुनै कमि आएको छैन ।

लंका मार्ग २२१००५ बनारस हिन्दू विश्व विद्यालयको प्रवेशद्वारदेखि विएचयू २५.२६६० मा रहेको विश्वनाथ मन्दिरसम्मको लगभग चार किलोमिटर दूरीमा पर्ने उक्त सडकखण्ड जुन किंबदन्ती अनुसार नेपाली राजनीतिका सम्राटद्वय कृष्णप्रसाद भट्टराई तथा विश्वेश्वरप्रसाद कोइरालाको बढी आवतजावत हुने क्षेत्र थियो । यी दुई राजनीतिका हस्तीहरूसँग त्यहाँका व्यापारीहरू यति अनुरक्त देखियो कि उनीहरूले यस्ता नेपाली नेताहरू प्रति देखाएको श्रद्धा र उनीहरूप्रति उनीहरूको विश्वासले के देखाएको छ भने यस्ता नेताहरूको भारतीय स्वतन्त्रता संग्राममा नजिकबाट परिचित थिए ।

लंका सिटीको मूल चोक अर्थात् बनारस हिन्दू विश्वविद्यालयका संस्थापक मदनमोहन मालवीयको पूर्णकदको शालिकरहेको स्थानदेखि विश्वनाथ मन्दिर रहेको ठाउँसम्म पुग्दा भेटिएका ५७ जना खुद्रा व्यापारीहरूले उनीहरू प्रति देखाएको श्रद्धा हो यो । ‘नेपालको छोरो भारतमा आएर हामीलाई अहिले प्रजातान्त्रिक मुलुकको छोरो बनाएका छन् ।’ लंका चोकैमा आफ्नो कपडा पसल सञ्चालन गरेर बसेका रामजी पटेल भन्छन् ‘यो उनीहरूको लागि आवश्यकता केही थिएन युद्धमा लड्न जाने तर हामै्र लागि लड्ने उनीहरूलाई मैले नचिन्ने कुरा त हुँँदै भएन ।’ तर उनीहरूलाई भेट्न नसक्दा आफूलाई दुख लागिरहेको उनको गुनासो थियो ।
त्यसपछि लगत्तै रहेको सिरक डसनाको व्यापार गर्ने व्यापारी श्रीविलास यादबलाई सोध्दा उनले विपी र कृष्ण प्रसादको विषयमा आफूले पनि कुराकानी धेरै सुन्ने गरेको कुरा बताए । उनले अरू नेताहरूको कुरा गर्दा खासै बढी कुरा हुने नगरेको बताउने उनी विपी कोइरालाको कुरा गर्दा आफ्नै नेताजस्तो लाग्ने भएकोले पनि आफू विपीका कुरा सुन्न चाख लाग्ने गरेको अनुभव सुनाउँछन् ।

त्यहाँ गरिएका अधिकांश कुराकानीमा  विपी र कृष्णप्रसादप्रति आस्थाभाव राख्नेहरूले भने । प्रजातान्त्रिक आन्दोलनमा नेपाली पुत्र विपी र कृष्णप्रसादको योगददानको प्रशंशा गर्न कुनैपनि कसर बाँकी नराखेको अनुभव सुनाउँछन् । उनीहरू कृष्णप्रसाद भट्टराईसँगै एउटै विश्वविद्यालयमा अध्ययन गरेका मनमोहन अधिकारीप्रति खासै जानकार नरहेको टिप्पणी गर्दै भन्छन् विपी जस्तो नेतालाई नेपाल धपाउने भारतीय शासकहरूले एउटा सपूत प्रति गरेको अन्याय नै हो ।

हाम्रो यात्राको क्रममा यादवकै पसलमा भेटिएका केही भलाद्मी जस्ता देखिने मञ्जुर अलि मेलमिलापको नीति लिएर विपी नेपाल फकिएकोको वि. सं २०३२ सालतिरको कुरा सम्झिदै भन्छन् ‘तात्कालीन भारतीय शासकहरूले गरेको विपीप्रतिको अन्यायकै कारण विपीले नेपालमा जेल जीवन विताउनु परेको हो ।’

तर, अर्का एक व्यापासलमान पटेलले भने विपीले भारतीय स्वतन्त्रता संग्राममा देखाएको सहयोग कुनैपनि भारतीय जनताप्रतिको माया भएर नभएको आरोप लगाए । नेपालमा प्रजातन्त्र ल्याउनको लागि भारतीय शासक खुशी नभएसम्म सम्भव नरहेकाने देखेपछि र आफूलाई तात्कालीन राणा प्रधानमन्त्रीहरूले देश निकाला गरेपछि भारतको प्रजातन्त्रको लागि लडेको भएपनि यसमा भारतीयहरूप्रतिको आस्था भने केही पनि नरहेको जिकिर पनि उनले गरे । ‘नेपालको प्रजातन्त्रको लागि भन्नुहुन्छ भने विपी एक अमर प्राणी हुन्’ उनले भने ‘भारतीयको लागि कुरा गर्नुहुन्छ भने यो उनको स्वार्थपूर्तिको बाटो मात्रै हो विपीबाटै भारतीयले धेरै पाएपनि केही पाएनन् ।’

यसरी भारतीयहरू विपीको यश र कीर्तिप्रति यति लीन देखियोको हामीले गरेका ५७ जनाको सर्भेक्षणमा यकाध बाहेक अधिकांशले विपीको प्रशांशा नै गरेको भेटियो । यसमा कतिले नेपाल र भारतकै लागि विपी एक महान राजनीतिज्ञ मानेको पाईयो भने केहीको लागि विपी मात्रै नेपाली नेता जसले नेपालको हितको लागि भारतीय स्वतन्त्रता संग्राममा अनावश्यक आन्दोलनमा सहभागी भएको आरोप लगाए ।

नेपालले अहिले असल राजनीतिज्ञ खोजीरहेको बेलामा नेपालमा नयाँ सिद्धान्तको प्रतिपादक मात्रै होईनकी एउटा प्रजातन्त्रका सेनानी विपी कोइरालाको राष्ट्रिय स्तरमा मात्रै नभई अन्तराष्ट्रिय स्तरमा समेत र माथिल्ला एवं पुँजीपति वर्गमात्रै नभएर सामान्य तहका नागरिकमा समेत रचिएको यस्तो कीर्तिबाट आजका राजनीतिक दलका नेताले सिक्नु छ कि विपी कुनै जालझेल र षड्यन्त्रबाट नेपाली राजनीतिमा चम्किएका राजनीतिज्ञ होइनन् न त अनावश्यक आश्वासनको भारी बोकाएर उदाएका नै ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ