arrow

महँगीविरुद्ध नेवि सङ्घको बालुवाटारमा प्रदर्शन

logo
प्रकाशित २०७३ जेठ १० सोमबार
nepal-student-union.jpg.jpeg
काठमाडौँ। सरकारले कालोबजारी र शैक्षिक माफियालाई संरक्षण गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी सङ्घ काठमाडौँले आज प्रधानमन्त्री निवास बालुवाटार अगाडि विरोध प्रदर्शन गरेको छ । 
 
प्रदर्शनकारीले ‘उखान टुक्काले चुलो बलेन’, ‘जनतालाई बाँच्न गाह्रो भो’लगायत नारा लगाउँदै एलपी ग्यासको खाली सिलिण्डर, खाली जार र भाँडाकुँडासहित प्रदर्शन गरेका थिए । 
 
कोणसभालाई सम्बोधन गर्दै नेवि सङ्घका नेता दीपक भट्टराईले कालोबजारी, महँगी र शैक्षिक माफियालाई नियन्त्रण गर्न सरकारले चासो नदिएको भन्दै सरकारको आलोचना गर्नुभएको थियो । 
अर्को नेता लिलाबल्लभ दाहाल (काका)ले कालाबजारीको संरक्षणमा सरकार लागेको भन्दै विद्यार्थी नै बजारको अनुगमनमा जाने बताउनुभयो । उहाँले सरकारले भूकम्पपीडित जनताको नाममा केही गर्न नसकेको आरोप लगाउनु भयो । 
 
नेवि सङ्घ काठमाडौँका अध्यक्ष मनोज वैद्यले सरकारले आफ्ना माग नसुने देशव्यापी आन्दोलन गर्ने बताउनुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ