arrow

काँग्रेसका भातृसँगठनहरुको महाधिवेशन हुन नदिन गिरोह नै संचालित !

नेविसंघमा छात्रा नेतृत्वका चुनौतिहरु

logo
प्रकाशित २०७३ जेठ १० सोमबार
NSU_Women.jpg.jpeg
काठमाडौं । नेपाल विद्यार्थी संघमा क्रियाशिल छात्रा (महिला) नेतृहरुले काठमाडौंमा आयोजना गरेको 'नेविसंघमा छात्रा नेतृत्वका चुनौतिहरु' विषयक कार्यक्रममा सहभागिहरुले  नेविसंघको महाधिवेशन र स्ववियु निर्बाचनको मिति तत्काल तोक्न माग गरेका छन्।
 
लामो समयदेखि महाधिवेशन नहुँदा नेतृत्व र विद्यार्थीका एजेण्डा अलपत्र परेको उनीहरुले बताए। बिगत नौ बर्षदेखि हुन नसकेको महाधिवेशन तथा आठ बर्षदेखि हुन नसकेको स्वबियु निर्बाचनका विषयमा पार्टी तथा नेविसंघ केन्द्रिय समितिले यथेष्ठ चासो नदिएको आरोप समेत कार्यक्रमका बक्ताहरुले लगाए।
 
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा महिला संघ अध्यक्ष डा. डिला संग्रौलाले नेपाली कांग्रेस भित्र भातृसंस्थाहरुको महाधिवेशन गर्न नदिने र तदर्थवादि रुपमा चलाउन लामो समयदेखि नै विशेष गिरोह लागि परेको हो कि भन्ने आंशका समेत ब्यक्त गरिन। 
 
कुनै पनि भातृ संगठनको महाधिवेशन नगर्ने निहुँमा कहिले कुन गुट कहिले कुन गुट सक्रिय रहेको र पार्टीको माथिल्लो स्तरका नेताहरुले उक्त गुट संचालन गरेको आशंका गर्न थालिएको छ। 
 
स्व. शुसिल कोईराला सभापति हुँदा धेरै पटक महाधिवेशन गर्ने कुरो उठेको तर विभिन्न शक्तिले उक्त महाधिवेशन हुन नदिने षडयन्त्र गरेको थियो। काँग्रेसका नव निर्वाचित सभापति शेरबहादुर देउवाले पनि सभापति निर्वाचित हुने बित्तिकै भातृ सँगठनको निर्वाचन गर्ने घोषणा गरेका छन् तर त्यस तर्फ अग्रसर ठोस कार्यहरु भएको देख्न नसक्दा सबैको मनमा फेरि आशंका पलाएको छ। 
 
काँग्रेसका ठूला-साना नेताहरुले आफ्नो स्वार्थ बमोजिम भातृ संगठनहरुको महाधिवेशन गर्न नदिने देखिएको भए पनि पर्दा पछाडी कुनै ठुला खेलाडीहरु रहेको आशंका र गफगाफ काँग्रेसको भातृ सँगठन बृतमा हुने गरेको छ। 
 
नेबिसंघ पुर्व केन्द्रिय सदस्य नेतृ कृष्ण कुमारी बस्नेत 'मोट्टी'को संयोजकत्वमा सम्पन्न कार्यक्रम मार्फत नेविसंघमा छात्रा नेतृत्व विकासका लागि देशब्यापी अभियान चलाउने समेत जनाकारी दिइएको छ। 
 
कार्यक्रममा विधानत ३३ प्रतिशत छात्रा नेतृत्व, 'नेविसंघको नेतृत्व विद्यार्थी उमेर समुहवाटै' गराउन विधानमा उमेर हदबन्दी, दुई बर्षमा अधिवेशन गर्न नसकिए केन्द्रीय समिति स्वत बिघटन हुने लगायतका एजेण्डाहरुमा जोड दिईएको थियो।
 
सो अभियानले महाधिवेशन तथा छात्रा-मैत्री विधान निर्माण निमित्त दवाब दिने कुरा संयोजक बस्नेतले जानकारी दिईन ।
 
कार्यक्रमवाट नेपालि कांग्रेस र नेविसंघ केन्द्रिय समिति समक्ष पेश गर्न तयार पारेका निष्कर्षहरु
 १. विगत नौ बर्षदेखि हुन नसकिरहेको नेविसंघको ११ औ महाअधिवेशनको सुनिश्चितता सहित तत्काल मिति तोकियोस  ।
२. लाखौ बिद्यार्थीको नेतृत्व विकाससंग जोडिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन ८ वर्षदेखि हुन सकेको छैन । नेबिसंघको तर्फवाट नेतृत्वदायि भुमिका बहन गरि स्वबियु निर्बाचनको मिति तोक्न जोडदार पहल गरियोस ।
३. नेबिसंघको महाधिवेशन प्रत्येक २ वर्षमा हुनैपर्ने अन्यथा केन्द्रिय समिति स्वतः विघटन भई निर्वाचन समिति मार्फत महाधिवेशन गर्ने बैधानिक ब्यबस्था गरियोस ।
४. नेविसंघमा छात्रा नेतृत्व विकासका निमित्त विधानलाई पुर्णत समावेशि बनाउन नेपालको संविधानमा गरिएको राष्ट्रप्रमुख वा उपप्रमुख लगायत राज्यका प्रमुख संरचनामा प्रमुख वा उपप्रमुख मध्ये १ महिला अनिवार्य हुने ब्यबस्थाको मर्मलाई आत्मसात गर्दै नेविसंघको विधानमा पनि सो अनुरुपको ब्यबस्था गरियोस ।
५. नेविसंघको सबै संरचनाहरुमा कम्तिमा छात्राको ३३ प्रतिशत प्रतिनिधित्व हुने वैधानिक सुनिश्चितता गरियोस ।
६. नेविसंघमा लामो समयदेखि देखिएको नेतृत्व बिकासको अबरुद्धता र 'नेविसंघको नेतृत्व विद्यार्थी उमेर समुहवाटै' हुनुपर्ने आम विद्यार्थीको मागलाई समायोजन गर्दै नेविसंघ राजनितिमा क्रियाशिल रहने उमेरको हदबन्दी तोकि लागु गरियोस ।
७. नेविसंघलाई राजनितिक मुद्धामा मात्र नभई शैक्षिक र सामाजिक मुद्धामा समेत सिर्जनात्मक भुमिका निर्बाह गर्न सक्ने बनाउन यसको विधान, संरचना, कार्यक्रम र कार्यशैलिमा समेत बृहत्तर परिवर्तनका लागि नितिगत सवालमा सुझाब दिन विशेष संयन्त्रको ब्यबस्था गरियोस । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ