arrow

कर्णालीमा थपिए भेन्टिलेटर र आइसियू

logo
प्रकाशित २०७७ भदौ १५ सोमबार
icu-hospital.jpg

कर्णाली । कोभिड –१९ का संक्रमित बढ्दै गएपछि प्रदेश सरकारले १० वटै जिल्लामा सघन उपचार कक्षका साथै भेन्टिलेटर थप गरेको छ । यसअघि प्रदेशका जुम्ला, सुर्खेत र दैलेखमा मात्रै रहेका सघन उपचार कक्ष र भेन्टिलेटर बाँकी जिल्लामा पनि विस्तार गरिएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पतालमा २५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १०, दैलेख, हुम्ला र कालीकोटमा पाँचपाँच, रुकुम(पश्चिम)को चौरजहारीमा चार तथा मुगु, हुम्ला, सल्यान र रुकुम(पश्चिम) जिल्ला अस्पतालमा दुईदुई  सघन उपचार कक्ष विस्तार गरिएको छ । यसअघि प्रदेशभर ४० आइसिय थिए । 

त्यस्तै प्रदेश अस्पतालमा १०, कर्णाली विज्ञान स्वास्थ्य प्रतिष्ठानमा ६, दैलेख, कालीकोट र हुम्लामा दुईदुई तथा मुगु, रुकुम(पश्चिम), सल्यान र जाजरकोट अस्पतालमा एकएक  भेन्टिलेटर जडान गरिएको छ ।
 
महाशाखाका प्रमुख वृषबहादुर शाहीले प्रदेशमा कोभिड–१९ का संक्रमित बढ्दै जान थालेपछि मन्त्रालयले अस्पतालमा भेन्टिलेटर र आइसियु स्थापना गरेको बताए। “संक्रमितमध्ये कसैलाई तत्काल भेन्टिलेटर वा आइसियुमा राखेर उपचार गर्नुपर्ने अवस्था आएमा सहज हुनेछ”, उनले भने, “कतिपय अस्पतालमा मेसिन जडान भए पनि जनशक्तिको व्यवस्थापन गर्न बाँकी नै छ ।” महाशाखा प्रमुख शाहीले यही महिनाभित्र भेन्टिलेटर सञ्चालन गर्न सक्ने जनशक्तिलाई तालीम दिएर जिल्लामा खटाइने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ