काठमाडौं। सत्ताबाट आफूलाई पत्तै नदिइ हटाउने खेलमा सक्रिए भएका तत्कालिन एमाओवादी र हालको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई वदला लिने सुरमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली लागिपरेको संकेतहरु देखिन थालेका छन्।
काँग्रेस सभापति शेर बहादुर देउवासँग मिलेर आफूलाई हटाउन लागिपरेका प्रचण्डलाई तत्कालका लागि विभिन्न शक्ति केन्द्रहरुसँगको सहकार्यमा रोक्न सफल भएपनि उनीसँग ओली अझै भरपर्न सकेका छैनन। सत्ताका लागि कुनै पनि बेला कोल्टे फेर्न सक्ने माओवादीलाई कतिन्जेल विश्वास गर्ने ओली धरमरमा छन्।
दश वटा घटक र समुहसँग एकता गर्दा आफ्नो पार्टीलाई आउने चुनावमा देशकै ठूलो पार्टी बनाउने घोषणा गरेका प्रचण्डले तत्काल प्रधानमन्त्री हुन नपाएपनि एमालेसँगकै सहकार्यमा गठित सरकारलाई व्यापक प्रयोग गरि स्थानिय निकायको अन्तरिम चुनावमा आफ्नो पक्षमा विजय गराउन रणनीति अख्तियार गरेका छन्।
जारी केन्द्रीय समितिको वैठकमा केन्द्रीय सदस्य संख्या ६ सय भन्दा बढाएर एक केन्द्रीय सदस्य बराबर ४ वटा गाविसको जिम्मा दिनेगरि स्थानिय चुनावको रणनीति बनाउन थालेपछि एमालेका स्थानिय निकाय हेरिरहेका नेताहरु सतर्क बनेका छन्। धेरैजसो भोटव्याङक एउटै आधार भएकोले मत दुई ठाउमा बाँडिने आशंकाले एमाले नेताहरु सतर्क भएका हुन्।
सबै कम्युनिष्टहरु एक हुनुपर्छ भन्ने बेलाबेलामा नारा लगाइएपनि तत्काल त्यो सम्भावना पनि छैन। त्यो अवस्थामा त्यो नाराले माओवादीलाई मात्र फाइदा हुने विश्लेषण एमालेको छ। यो अवस्थामा चुनावसम्म सँगै जाँदा आफूलाई भन्दा माओवादीलाई मात्र फाइदा हुने एमालेमा चर्चा हुन थालेको छ।
चुनावमा केहि ठाउँमा कार्यगत एकता गरेपनि सबै ठाउँमा त्यो सम्भावना छैन। त्यसरी कार्यगत एकता गर्दापनि धेरै ठाउँमा माओवादीलाई नै फाइदा पुग्ने विश्लेषणा पनि एमालेमा हुन थालेको छ। यो अवस्थामा सत्ताका लागि कुनै पनि समय धोका दिने माओवादीलाई सहि समय हेरेर सरकारबाट विदा दिने तयारी गर्नुपर्ने एमालेका नेताहरुलाई कार्यकर्ता तहबाट सुझाव आउन थालेको एक केन्द्रीय नेताले बताए।
बजेट यहि सरकारलाई ल्याउन दिन माओवादीलाई मनाएको एमालेले आफ्नो अनुकुलको बजेट ल्याएर त्यसलाई कार्यान्वयन गर्ने पहिलो चौमाससम्म पनि आफै सरकारमा रहन गृहकार्य शुरु गरेको एमाले निकट स्रोतहरु बताउँछन। यो गृहकार्य कति अघीसम्म जाने हो प्रष्ट नभएपनि चुनावी सरकारको नेतृत्वबाट आफू पछि नहट्ने बरु माओवादीलाई बाहिर पठाउने रणनीति ओलीले बनाउन थालेका छन।
त्यसका लागि प्रमुख प्रतिपक्षी दल काँग्रेससँग एमालेका तर्फबाट कुरा शुरु भएको स्रोतको दावी छ। केहि एमाले निकट पत्रपत्रिकाहरुले ओली र काँग्रेस सभापति शेर बहादुर देउवासँग भेटघाट भएको समेत लेखेका छन्।
एमाले निकट केहि पत्रपत्रिकारुहरुले स्रोतलाई हवाला दिदै देउवा र प्रचण्डलाई मिल्न नदिने र आफ्नो पदको आयु लम्ब्याउने अनौठो योजना कार्यान्वयन ओली तल्लिन रहेको लेखेका छन। सरकार गिराउने खेल असफल भएपछि ओली र देउवाबीच निकै गम्भीर गोप्य भेटवार्ता भएको छर भेटमा ओलीले एमाले र कांग्रेस मिलेर अगाडि बढ्ने प्रस्ताव गरेका छन्।
कांग्रेस र एमाले मिलेर तत्कालै स्थानीय चुनाव हुन सक्ने, स्थानीय चुनाव हुनासाथ कांग्रेसलाई सत्ता सुम्पने प्रस्ताव ओलीले देउवा समक्ष राखेका छन्। मैले प्रचण्डजीसँग कुनै तमसुक गरेको छुइन, तर तपाईसँग तमसुक समेत गर्न तयार छु भन्दै ओलीले स्थानीय निकायको अन्तिम मत परीणाम घोषणा हुनु अगावै देउवालाई सरकार सुम्पन तयार भएको ओलीले बताएका छन्।
सत्ता परिवर्तनका सन्दर्भमा आफ्नो पहिलो मुभ नै असफल भएपछि पार्टीभित्र असन्तोषका कुरा सुनिन थालेका बेला देउवाले पार्टीमा कुनै पनि प्रस्ताव गर्नुअघी धेरै विचार गर्न उनी निकटहरुले सुझाव दिएका छन्। तर दुई कम्युनिष्ट घटकहरु एक भएर चुनावमा जाने अवस्था आए कसरी समाना गर्ने भन्नेमा देउवा आन्तरिक तयारीमा जुटेको बताइएको छ। उनले स्थानिय निकायको चुनाव मंसिरमा हुन नसक्ने र यदि सरकारले जवर्जस्ती गर्न खोजे त्यसको कसरी जवाफ दिने भनेर छलफल शुरु गरेका छन्।