arrow

संघीय गठबन्धनलाई सिटौलाको प्रश्न –के अर्थमा संविधान पुनःलेखन गर्ने ?

पुनःलेखन गर्न संविधानसभा चाहिन्छ

logo
कुुमोद अधिकारी,
प्रकाशित २०७३ जेठ १० सोमबार
Sitaula.jpg.jpeg
विराटनगर । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भइसकेको अवस्थामा अब संविधानको पुनःखलेखन गर्ने कार्य सम्भव नभएको बताएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीसंग नेता सिटौलाले संविधान पुनःलेखन गर्न संसदलाई अधिकार नभएको भन्दै अहिलेको अवस्थामा संविधानका केही बुँदा संशोधन गर्न भने सकिने बताए । 
 
सिटौलाले संविधान पुनःलेखन गर्न संविधान सभाको चुनाव आवश्यक पर्ने बताउँदै अब संविधान सभाको चुनावको सम्भावना पनि नरहेको प्रष्ट पारे ।नेता सिटौलाले भने,–‘मधेसी मोर्चाका नेताहरुले के अर्थमा संविधानको पुनःलेखन गर्न कुरा गर्नु भएको हो मलाई थाहा छैन ।
 
अब संविधानको पुनःलेखन गर्ने भन्दापनि राजनीतिक सहमतिका आधारमा संविधानका केही बुँदा संसोधान गरी सहमति खोज्न सकिन्छ ।’ आन्दोलनरत संघीय गठबन्धनका नेताहरुले संविधान पुनःलेखन नभएसम्म मान्य नहुने बताउँदै आएका छन् । आइतबार मात्रै संघीय गठबन्धनका नेता एवं संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले संविधानमा सच्याउनु पर्ने सबै बुँदाहरुलाई नै पुनःलेखन भनिएको भन्दै भाषा वदलेका छन् ।
 
आफुलाई कानुनको विद्यार्थी भन्ने यादवले संविधान संशोधनलाई पुनःलेखन भन्नु र पुनःलेखन नभए सम्म मान्य नहुने भनिरहनु बुझि नसक्नु र हाँस्यास्पद रहेको अधिकांशको टिप्पणी छ । यस्तै, सिटौलाले सरकारले बजेट प्रस्तुत गरेपछि संविधान कार्यान्वय लगायतका विषयमा प्रमुख राजनितक दलहरुवीच छलफल भई देशलाई निकास दिने विषयमा मुख्यदलहरुबीच छलफल भइरहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ