arrow

आन्दोलनकारी र ओली सरकारलाई एक ठाउँमा ल्याउने काम हामी गर्छौं : पौडेल

logo
प्रकाशित २०७३ जेठ १० सोमबार
ramchandra.jpg.jpeg
नवलपरासी । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार र मधेसवादी दलबीच आन्दोलनको समन्वय गर्ने काम अब नेपाली काँग्रेसको काँधमा आएको बताएका छन् । रिपोर्टर्स क्लब नवलपरासी शाखाले परासीमा आयोजना गरेको साक्षात्कारमा नेता पौडेलले भने, – ‘आन्दोलनरत पक्ष र सरकारबीच वार्ता अब काँग्रेसले मिलाउँछ ।’ 
 
सो अवसरमा नेता पौडेलले सरकारले जनतामुखी काम गर्न नसकेको बताउँदै पहिला संविधान निर्माणमा अगुवा बनेको काँग्रेस अब संविधान कार्यान्वयनको काममा पनि अगुवा बन्नेछ । सरकारले अहिले घोषणा गरेका स्थानीय निर्वाचनको कुनै औचित्य नभएको बताउँदै नेता पौडेलले देश संघीयतातर्फ उन्मुख भएकाले पुरानै गाविस वा नगरपालिका नभई संघीयताका आधारमा गाउँपालिका, नगरपालिकाअनुसारको निर्वाचन आवश्यक रहेको जिकिर गरे । 
 
देशमा देखिएका विभिन्न समस्या समाधान गर्ने काममा अब काँग्रेस अघि बढ्ने विचार राख्दै पौडेलले अब देशलाई निकास दिन काँग्रेसले संविधान कार्यान्वयनका साथै लोकतन्त्र संस्थागत गर्न अघि बढ्ने धारणा राखे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ