arrow

गजुरेलको कटाक्ष : पार्टीका पातपतिङ्गर सबै हावाले उडायो, अब हामीलाई शान्ति मिल्छ

logo
प्रकाशित २०७३ जेठ १० सोमबार
cp-gajurel-new.jpg.jpeg
सिन्धुलीमाढी । नेकपा माओवादी क्रान्तिकारीका उपाध्यक्ष सिपी गजुरेलले नराम्रा व्यक्तिहरुले पार्टी छाडेकाले अब पार्टीभित्र बल्ल शान्ति हुने बताएका छन् । नेकपा माओवादी क्रान्त्रिकारी सिन्धुली जिल्ला समितिले सिन्धुलीमाढीमा गरेको पत्रकार सम्मेलनमा गजुरेलले कम्युनिस्ट आन्दोलनका अस्तित्वहीन व्यक्तिहरुले पार्टी छाड्दैमा पार्टीलाई कुनै असर नपर्ने जिकिर गरे ।  
 
अहिले एकताको ठूलो हावाहुरी चलेको र हावाहुरीमा पार्टी छाडेर जानेलाई पतिङ्गरको संज्ञा दिँदै उनले अडिन नसक्नेहरु सबै उडेर गएकाले आफूहरुका एजेन्डामा कुनै असर नपरेको बताए । अहिले कम्युनिस्ट एकता भयो भनेर माओवादीले हल्ला फैलाए पनि कम्युनिस्ट र गैरकम्युनिस्टको मिश्रण भएको र निर्वाचनमुखी भएको गजुरेलको टिप्पणी छ ।  
 
यही असार ५ गते पार्टीको राष्ट्रिय भेला हुने जानकारी दिँदै उनले पार्टीले तत्काल आन्दोलन नगर्ने तर पार्टी र सङ्गठनलाई पुनःगठन गर्ने बताए । युुद्धकालिन मुद्दाका सवालमा माओवादीहरुसँग कार्यगत एकता हुने पनि उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ