arrow

तरुण दल पर्साको विवाद मिल्यो, असारमा अधिवेशन

logo
प्रकाशित २०७३ जेठ १० सोमबार
tarun-dal.jpg.jpeg
काठमाडौं । लामो समयपछि नेपाल तरुण दल पर्साको विवाद मिलेको छ । तरुण दलको जिल्ला अधिवेशन अनिश्चित भइरहेका बेला विवाद मिलेको हो । तरुण दलका केन्द्रीय सदस्य एवं पर्सा जिल्ला प्रतिनिधि जन्मजय तिमिल्सिनाको रोहवरमा विवाद झुल्झेको बताइएको छ । 
विवाद मिलेसंगै तरुण दल पर्साको अधिवेशन असार ११ गते हुने केन्द्रीय सदस्य तिमिल्सिनाले बताए । अधिवेशनका लागि विरेन्द्र पट्टेलको संयोजकत्वमा ६९ सदस्यीय आयोजक समिति गठन भएको छ । 
 
महाधिवेशनको तयारीमा रहेको तरुण दलका अहिले जिल्ला अधिवेशनहरु भइरहेका छन् । जेठ २५ गते भित्र जिल्ला अधिवेशन गरिसक्नुपर्ने केन्द्रको निर्देशन रहेपनि विवादित केही जिल्लामा भने निर्धारित समयमा अधिवेशन केही ढिला हुने देखिन्छ । पर्सा लगायत विभिन्न जिल्लामा देखिएको विवाद मिलाउन तरुण दलले जन्मजय तिमिल्सिनालाई जिम्मा दिएको छ । तरुण दलको केन्द्रीय अधिवेशन आगामी भदौ २४ देखि २६ गतेसम्म हुँदै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ