arrow

कर्मचारी युनियनको देशव्यापी खबरदारी : ‘अब फेरि चुनाव नसार’

logo
प्रकाशित २०७३ जेठ १० सोमबार
karmachari-new-FNL.jpg.jpeg
काठमाडौं । नेपाल निजामती कर्मचारी युनियन (संघ)ले पटक–पटक सरकारले निजामती कर्मचारी निर्वाचको मिति सार्दै आएको विरोधमा देशभर खबरदारी सभा गरेको छ । 
 
युनियन केन्द्रीय कार्यालय सचिवालयले दिएको जानकारी अनुसार देशभरीका ७५ वटै जिल्लाका प्रजातन्त्रवादी निजामती कर्मचारीहरूले आउँदो जेठ १९ गतेको लागि तोकिएको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचनलाई नसार्न चेतावनी दिँदै यस्तो कार्यक्रम आयोजना गरिएको युनियनका महासचिव जीत बहादुर मडैले जानकारी दिए । 
 
यसरी देशभर निकालिएको ¥यालीमा युनियनका विभागीय टोलीको भने सहभागिता थिएन । टोलीले आ–आफ्ना कार्यालय अगाडी खबरदारी सभा कार्यक्रम लेखिएको व्यार्नर बोकेर प्रदर्शन गरेका थिए । उनीहरूले पटक–पटकको निर्वाचन स्थगन प्रजातान्त्रिक कर्मचारीहरूको लागि मान्य नहुने भन्दै तोकिएकै मितिमा निर्वाचन गर्नको लागि दबाब दिन यस्तो कार्यक्रम गरिएको बताए । अब पनि निर्वाचन सारियो भने प्रजातान्त्रिक कर्मचारीहरू कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिँदै खबरदारी गरिएको महासचिव मडैले जानकारी दिए ।
 
यस्तै वीरगंजमा पनि नेपाल निजामति कर्मचारी युनियन संघ पर्साले आधिकारीक निजामति  कर्मचारी ट्रेड युनियनको निर्वाचन नसारीयोस भन्ने माँग गर्दै आज जिल्ला प्रशासन कार्यालय पर्सामा खबरदारि  सभाको आयोजना गरेको छ।
 
नेपाल निजामति कर्मचारी युनियन संघ पर्साका अध्यक्ष्ँ सच्चितानन्द सिंहको सभापतित्वमा सम्पन्न खबरदारि सभालाई सम्बोधन गर्दै नेपाल निजामति कर्मचारी  युनियन संघका केन्द्रिय उपाध्यक्ष्ँ मनोज कुमार तिवारीले निर्वाचन यस पटक फेरि सरेमा आफुहरु कडा आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । विरोध सभामा केन्द्रिय सदस्य अमलेश्वर मिश्रा, राजेश्वर साह तेली लगायतको उपस्थिती रहेको थियो।
 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ