arrow

एक ‘औंठा छाप’ इन्जिनियर : जसले सिंहदरबार ताकेर रक्तिम विरोध गरे ?

सिंहदरबारको चरित्र उदाङ्गो पारेको भन्दै निर्जल ब्रत

logo
प्रकाशित २०७३ जेठ १० सोमबार
raktim-birodh.jpg.jpeg
काठमाडौं । सिंहदरबारको पश्चिम गेट अर्थात् मूल प्रवेशद्वारको भित्तामा रगतजस्तै देखिने रातो रङ्ग छ्याप्ने व्यक्तिले स्वदेश बचाउनका लागि भन्दै निर्जल ब्रत प्रारम्भ गरेको सार्वजनिक आह्वान गरेका छन् । छोटो नाम इशान राखेका उनले आफुले निर्जल ब्रत प्रारम्भ गरेको भन्दै सार्वजनिक आह्वान गरेका छन् । उनले सार्वजनिक अपिलमा आइतबार सिंहदरबारको मूलद्वारमा रक्तिम रङ्ग छर्की सिंहदरबारको चरित्र उदाङ्गो गर्दै मैले निर्जल ब्रत प्रारम्भ गरेको छु –भनेका छन् । उनले सरकार र असन्तुष्ट पक्षसंग चारवटा बुँदामा सार्वजनिक आह्वान समेत गरेका छन् । 
 
उनले आफु केही महिना अघि हुलाकी मार्ग मार्फत महाकाली मेची पैदलयात्रा गरेको र सो क्रमममा आफुले भेटेका नागरिकले राष्ट्रप्रति निराशा व्यक्त गरेको अपिलमा उल्लेख गरेका छन् । उनले यो संकेत पनि गरेका छन्, ‘नेपाल सरकार र शीर्षदलका अगुवाले तत्काल स्थितिको गम्भीरता बुझी असन्तुष्ट पक्षलाई पूर्णसम्मानसहित समेट्ने इमान्दार प्रयास नगरे दीर्घ वा मध्यकालमा स्वदेशको अस्तित्व संकटमा पर्ने प्रष्ट छ । त्यसैले यो निर्जल वर्त स्वदेश बचाउनका लागि हो ।’
 
उनले आह्वान गरेको अपिलको अन्तिममा छोटोमा ई.(इशान) स्वतन्त्र लेखेर औंठाछाप लगाइएको छ । ठेगाना भने काठमाडौं नेपाल उल्लेख छ । सिंहदरबारको गेटमा रङ्ग छ्यापेको तस्वीर र अभिव्यक्ति सामाजिक संजालमा टिप्पणी एवं चर्चाको मसला बनेका छन् । 
आइतबार साँझ इशान र मोहम्मद रियाद साफ्रीले सिंहदरबारको मूल गेटमा रातो रंग छ्यापेका थिए । सांकेतिक विरोध भन्दै रंग छ्यापेपछि दुवै पक्राउ परेकामा राति अबेर तारेखमा रिहा भएका छन् । 
 
मधेस आन्दोलनमा भएको दमन, जनजाति, थारू लगायत सबै उत्पीडित जातजातीले गरिरहेको आन्दोलनप्रति सरकारको उदासीनता देखेर इशानले आइतबार ५ बजे बेलुका सिहंदरबारको पर्खालमा रगतको रंङ्ग छ्यापेर सांकेतिक विरोध गरे । पक्राउ परेका इशान र रियादलाई नियन्त्रणमा लिई अनुसन्धान विभागले टेकु परिसरमा राखिएकामा राति रिहा भएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ