arrow

कपिलवस्तु कांग्रेसका नगर उपसभापति पौडेलको निधन

logo
प्रकाशित २०७७ भदौ १८ बिहिबार
somnath-poudel1.jpg

कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तु नगरपालिकाका उपसभापति सोमनाथ पौडेलको निधन भएको छ ।

२५ दिन देखी काठमाण्डौको ग्रान्डी अस्पतालमा उपचाररत पोडेलको बिहिवार साझ ६ बजे निधन भएको नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सदस्य एवं आफन्त प्रकाश घिमिरेले बताएका छन् । 

५३ वर्षिय पौडेलको २५ दिन अगाडी पि सि आर परिक्षण गर्दा पौडेललाई कोरोना भाइरस संक्रमण देखिएको थियो ।  ज्वारो आउने लगायतका लक्षण देखिएपछि उपचारको लागी काठमाण्डो लगिएको थियो ।  

पछिल्लो समय कोरोना परिक्षण गर्दा कोरोना भने नेगेटिभ आएको आफन्तले जनाएका छन् । निधन प्रति नेपाली कांग्रेस कपिलवस्तुले दुःख व्याक्त गरेको छ । 

नेपाली कांग्रेसका पार्टी सभापति सुरेन्द्रराज आर्चाय, पुर्व सभापति राजेश आर्चाय, सुधाकर पाण्डेय, कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंह , कपिलवस्तु नगरपालिका नगर सभापति प्रशान्त कार्की लगायतले शोक विज्ञप्ती जारी गरेका छन् । 

नेपाली कांग्रेसका निष्ठावान अगुवा नेता पौडेलको निधनले सिंगो पार्टीलाई क्षती पुगेको भन्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दे परिवारजन प्रति समवेदना प्रदान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ