arrow

गाँउका काँग्रेस अगुवालाई प्रशिक्षणको खाँचो

logo
प्रकाशित २०७३ जेठ १० सोमबार
congress-flag-11111.jpg.jpeg
वालिङ । नेपाली काँग्रेस स्याङ्जाका गाँउका, वडा र नगरका अगुवाहरुले प्रशिक्षणको माग अगाडी सारेका छन् । नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं. २ को बृहत भेलामा गाँउ सभापति, वडा सभापति र नगर सभापतिहरुले पहिला काँग्रेसका कार्यकर्ताहरुलाई प्रशिक्षणको खाँचो रहेको औल्याएका हुन् । 
 
नयाँ संविधान जारी भए सगै गाँउका क्रियाशिल तथा गाँउ, वडा र नगरका अगुवा नेताहरुलाई प्रशिक्षित गर्नुपर्ने उनीहरुको भनाई थियो । मुलुकको ठुलो दल नेपाली काँग्रेस प्रतिपक्षमा बसेका बेला प्रतिपक्षसगँ छलफल नै नगरी सरकारले ल्याएको नीति तथा कार्यक्रमको समेत स्याङ्जाका काँग्रेसहरुले आलोचना गरेका छन् । 
 
स्याङ्जा क्षेत्र नं. २ को १३ औं महाधिवेसन पछि बसेको तेस्रो बैठक तथा बृहत भेलामा अधिकाशं अगुवा कार्यकर्ताहरुले काँग्रेसलाई अझै संगठित बनाई मुलुकको बलियो पार्टी बनाउने धारण व्यक्त गरेका छन् । उक्त बैठकले क्षेत्रिय कार्य समिति समेत विस्तार गरेको जनाएको छ । क्षेत्रिय कार्य समितिमा पुर्व क्षेत्रिय सभापति केदार काफ्लेलाई सदस्यमा मनोनित गरेको छ भने भेगिय हिसावले क्षेत्रिय समिति विस्ता गरिएको क्षेत्रिय सचिव दामोदर लम्सालले जानकारी दिए । 
 
क्षेत्रिय सदस्यहरुमा इन्दिरा के.सी., शिवलाल डुम्रे, विष्णुप्रसाद पंगेनी, कमलप्रसाद काफ्ले, जैसरा पंगेनी, प्रकाश लम्साल र हर्कबहादुर गुरुङ्लाई मनोनित गरिएको छ । सो बैठकले सबै गाँउ र वडाहरुमा कार्यसमिति विस्तार गर्ने निर्णय गरिएको क्षेत्रिय सभापति अर्जुनप्रकाश अर्यालले जनानकारी दिए । नेपाली काँग्रेसको १३ औं महाधिवेसनमा स्याङ्जाका दुई नेता गोपालमान श्रेष्ठ र धनराज गुरुङ्लाई विजयी भएकोमा बधाई र मुख्य सचिवमा कृष्ण पौडेल नियुक्ति भएकोमा समेत बधाई दिदै मृत्यु भएका काँग्रेसका क्रियाशिल सदस्यहरुको निधनको समेत शोकप्रस्ताव पारित गरेको क्षेत्रिय समितिले जनाएको छ । 
 
बैठकले सरकारले घोषणा गरेको स्थानीय निर्वाचन हुनेमा शंका व्यक्त गर्दै सबै काँग्रेस कार्यकर्ताहरुलाई स्थानीय निर्वाचनका लागि तयारी रहन समेत क्षेत्रिय समितिले निर्देशन दिएको छ । क्षेत्र नं. २ का दुई नगरपालिका र १६ गाविसका सभापति तथा अगुवा कार्यकताहरुको सहभागिता रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ