arrow

भूकम्प गयो 

logo
प्रकाशित २०७७ भदौ १९ शुक्रबार
corona-earthquake.jpg

काठमाडौं । संखुवासभामा भूकम्प गएको छ । शुक्रबार बिहान ७ः२० बजेको समयमा ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । 

संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज, ताम्कु र पाथिभराको बीचमा केन्द्रबिन्दू भएर उक्त भूकम्प गएको हो । 

भूकम्पले खासै क्षति गरेको विवरण आएको छैन । तर यसको झड्का भने स्थानीयले महसुस गरेका छन् । 

छिमेकी जिल्लाहरुमा समेत भूकम्पको महसुस गरिएको बताइएको छ । 

कोरोना भाइरसको प्रकोप बढिरहेका बेलामा भूकम्प जाँदासमेत विभिन्न अड्कल काटेर बुढापाकाले के अनिष्ट हुन थालेको भनी चिन्ता व्यक्त गर्न थालेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ