arrow

एकै दिन चितवनमा थपिए ७४ संक्रमित

logo
प्रकाशित २०७७ भदौ १९ शुक्रबार
KA-Bharatpur-Covid-19.jpg

चितवन । जिल्लामा एकै दिन ७४ जना कोरोना संक्रमित थपिएका छन् । दुईवटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ती संक्रमित थपिएका हुन् । 

चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५७ जना र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा १७ जना जिल्लाका संक्रमित थपिएका हुन् । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार थपिनेमा सबैभन्दा बढी भरतपुर महानगरका ५६ जना रहेका छन् । 

यस्तै रत्ननगरका तीन जना, कालिकाका दुई जना, खैरहनीका चार जना र राप्ती नगरपालिकाका–९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवन मेडिकल कलेजको प्रयोगशालामा ७०३ जनाको परीक्षणका क्रममा ८८ जनामा र भरतपुर प्रयोगशालामा ३०२ जनाको परीक्षणमा १८ जनामा कोरोना संक्रमण देखिएको छ ।

 संक्रमण देखिएकामध्ये ७४ जना जिल्लाका हुन् भने बाँकी ३२ जना बाहिरी जिल्लाका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमितको सङ्ख्या ९३३ पुगेको छ । यसमध्ये ५९४ भरतपुर महानगरका रहेका छन् ।

 यस्तै खैरहनीका ५३ जना, माडीका ५२ जना, रत्ननगरका ११५ जना, राप्तीका ९७ जना, कालिका नगरपालिकाका १८ जना र इच्छाकामना गाउँपालिकाका चार जना रहेका छन् । संक्रमितमध्ये चितवनका ११ जनाको मृत्यु भइसकेको छ । जिल्लाका अस्पतालमा मृत्यु हुनेको सङ्ख्या भने २० पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ