arrow

शान्ति समितिमा उजुरी दिने बढे

logo
प्रकाशित २०७३ जेठ ११ मंगलबार
Parbati-hamrakura.jpg.jpeg
फलेवास (पर्वत) । स्थानीय शान्ति समिति पर्वतमा द्वन्द्वकालका घटनाको उजुरी दिनेको सङ्ख्या बढेको छ । दश वर्षे सशस्त्र जनयुद्धका बेला राज्यपक्ष र तत्कालीन विद्रोही पक्षबाट पीडितले स्थानीय शान्ति समिति आई उजुरी दिन थालेका हुन् । सोमबारसम्म ८६ जनाले उजुरी दिएका छन् ।जसमध्ये १० वटा बेपत्ता छानबिन आयोग र ७६ वटा सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी परेका हुन् । 
 
सत्यनिरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालका घटनाका पीडितलाई उजुरी दिन आह्वान गरेपछि पर्वतमा रहेका द्वन्द्वपीडितले उजुरी दिने क्रम बढेको स्थानीय शान्ति समितिका कार्यालय सचिव किशोर सुवेदीले जानकारी दिए । 
 
वैशाख ३ गतेदेखि उजुरी दर्ता गर्न सुरु गरिएको थियो । उजुरी दिन विभिन्न सञ्चारमाध्यममार्फत प्रचारप्रसारलाई तीव्रता दिएपछि उजुरी दिन आउनेको सङ्ख्या समेत क्रमशः बढ्दै गएको उनले बताए । सुवेदीले भने –“अन्तिम म्यादसम्म जिल्लामा रहेका अधिकांश पीडित उजुरीका आइपुग्ने अपेक्षा गरेका छौँ ।” पर्वतमा माओवादी द्वन्द्वकालमा सुरक्षाकर्मी, माओवादी र अन्य पार्टी आबद्ध कार्यकर्ता गरी ९१ जनाको ज्यान गएको थियो । 
 
त्यसैगरी ४१ जना घाइते, १०५ जना विस्थापित, ६९ परिवारको सम्पत्ति लुटिएको तथा क्षति भएको स्थानीय शान्ति समितिले जनाएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ