arrow

ट्राफिक नियम उलङ्घन गर्ने घटे

logo
प्रकाशित २०७३ जेठ ११ मंगलबार
trafik-new-photo.JPG.jpeg
काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक कारबाही तीन गुणाले कमी आएको छ । 
 
ट्राफिक प्रहरीले ट्राफिक नियम उलङ्घन गर्नेलाई जेठ १ गतेदेखि लागू हुने गरी शुल्क बढाएपछि ट्राफिक कारबाहीमा कमी आएको हो । जेठ १ गतेभन्दा पहिले उपत्यकामा प्रतिदिन एक हजार ६०० देखि दुई हजार ३०० सम्म कारबाही पर्ने गरेकोमा जेठ १ गतेपछि दैनिक ४०० देखि ७०० सम्म पर्ने गरेको छ । 
 
महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता राजेन्द्रप्रसाद भट्टले ट्राफिक नियम उलङ्घनको रकम बढाएपछि कारबाहीको सङ्ख्यामा कमी आएको बताए  । उनले भने, “पछिल्लो समय रकम बढाएपछि चालकले ट्राफिक नियमको पालना गरेका छन् त्यसैले समेत कमी आएको हो ।” 
 
गत असोज १४ गते ट्राफिक ऐन संशोधन गरी ट्राफिक नियम उलङ्घन गर्नेलाई शुल्क बढाउने निर्णय गरेअनुसार जेठ १ गतेबाट ट्राफिक जरिवाना वृद्धि भएको थियो । महाशाखाका सहप्रवक्ता भट्ट कारबाहीको शुल्क बढेपछि उपत्यकामा हुने ट्राफिक जाममा समेत कमी आएको दाबी गर्छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ