arrow

कोरोनाबाट थप एक संक्रमितको गयो ज्यान 

logo
प्रकाशित २०७७ भदौ २१ आइतबार
corona-killed.jpg

चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा। दयाराम लम्सालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते अस्पताल भर्ना भएका ती वृद्धमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

सङ्क्रमण पुष्टि भएपछि अस्पतालको कोभिड सघन उपचार कक्षमा राखी उपचार भइरहेको थियो । आइतबार बिहान उनको ८ बजे मृत्यु भएको हो ।

यससँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । चितवनका १२, मकवानपुरका पाँ, नवलपरासी सुस्ता पूर्वका दुई, बारा, गोर्खा र कैलालीका एक÷एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

नेपालमा शनिबार अपरान्हसम्म ज्यान जानेको संख्या २८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ