arrow

सगरमाथामा यस वर्ष चारको मृत्यु

logo
प्रकाशित २०७३ जेठ ११ मंगलबार
Sagarmatha-national-park.jpg.jpeg
सोलुखुम्बु। गत वैशाख २९ गतेदेखि सुरु भएको सगरमाथा आरोहणका क्रममा अहिलेसम्म चार आरोहीको ज्यान गएको छ।
 
यस मौसमको आरोहण सुरु भएको पहिलो हप्ता कसैको पनि ज्यान गुमाउनु नपर्दा आरोहणप्रति उत्साहित बनेका आरोही गत बिहीबार २५ वर्षीय फुर्वा शेर्पाको ज्यान गएपछि निरास बने। त्यसपछि अरु तीन जनाले ज्यान गुमाएर हालसम्म यस वर्ष सगरमाथामा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नयाब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए।
 
शुक्रबार ३६ वर्षीय डच एरिक अर्नाल्डको सगरमाथा चुचुराबाट फर्कने क्रममा ज्यान गएको थियो भने शनिबार अस्ट्रेलियाको मोनास विश्वविद्यालयका प्रा मारिया स्ट्रिडको चुचुरो पुग्नुअघि चौथो क्याम्पमा ज्यान गयो। यस्तै आइतबार ४४ वर्षीय भारतीय सुवास पउलको दोस्रो शिविरमा नै ज्यान गएको प्रहरीको भनाइ छ।
 
गएको दुई वर्ष सगरमाथामा ठूलो मानवीय क्षति हुँदा आरोहण अवरुद्ध थियो। सन् १९५३ मा तेन्जिङनोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथा आरोहण गरेपछि हालसम्म २०० भन्दा बढीले सगरमाथामा ज्यान गुमाइसकेका छन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ