arrow

कोरोना संक्रमणको उच्च जोखिममा बर्दिया, बाँसगढीका मात्र ४९ संक्रमित

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २१ आइतबार
corona-test-nepalgunj.gif

बर्दिया । बर्दिया जिल्लाको बाँसगढी नगरपालिकामा समुदायस्तरमै कोरोनाभाइरस संक्रमण फैलिएको आशंका गरिएको छ । स्थानीय निकाय र प्रशासनले समयमै नियन्त्रणका लागि प्रभावकारी कदम नचाल्दा नागरिकहरू संक्रमणको उच्च जोखिममा परेका छन् ।

अहिलेसम्म बाँसगढीका ४९ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ४३ जना निको भइसकेका छन् भने ६ जनालाई आइसोलेसनमा उपचाररत छन् ।

भारतसँग सीमा जोडिएकाले बर्दिया कोरोना संक्रमणको जोखिममा छ । जिल्लाभर हालसम्म ३८२ संक्रमित फेला परिसकेका छन् । सीमापार आवागमनमा स्थानीय प्रशासन र निकायले कडाइ नगर्दा कोरोनाभाइरस संक्रमणको दर अझै बढ्ने सम्भावना देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ