arrow

कोषाध्यक्षको किर्ते सही गरि बजेट निकासा, गत बर्षको काम देखाएर सकाइयो बजेट

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २१ आइतबार
sadak-belkotgadhi.jpg

नुवाकोट। नुवाकोट जिल्लाको वेलकोटगडी नगरपालिका वडा नं. १३ मा कामै नगरी बजेट सकाएको भन्दै स्थानियहरुले विरोध गरेका छन् । 

वडा अध्यक्ष पशुपती लोहनीले एकलौटी गरि वडा नं. १३ को लागि आएको बजेटले बडा नं. १२ मा बाटो खनिएको समेत स्थानीयको आरोप छ । 

गत बर्ष वडा कार्यलयमार्फत बेतिनी झुपु सडक खण्डका लागि रु १३ लाख विनियोजन भएकोमा वडा अध्यक्ष लोहनीले बाटो समितिलाई खन्न निर्देशन दिंंर्दैे वडामा बाटो खनाएका थिए । वडा अध्यक्ष लोहनीले बाटो समितिलाई ऋण काटेर पुनः बाटो खन्न लगाएका थिए । 

यसपटक त्यही सडक खण्डका लागि १० लाख बजेट विनियोजित गरेका लोहनीले पुरानै समितिले खनेको बाटो खन्नका लागि समिति पुनर्गठन गरेका थिए । 

समिति गठन भएपनि लोहनीले यस पटक कुनै काम गर्न दिएनन् । अघिल्लो बर्षकै कामको ऋण भएको भन्दै लोहनीले रकम भुक्तान गर्न लगाएको बताईन्छ । १० लाख बजेट मध्ये अहिले ६ लाख रुपैया लिइसके, कामै नगरी यो पटकको बजेट भुक्तान गर्ने भए स्थानीहरुले गुनासो गरे । 

यस विषयमा नगरपालिकाकी उपप्रमुख कविता ढुंगानाले काम नगरी बजेट सकाएको पाइए कार्वाही हुने बताइन । जुन शिर्षकमा बजेट छुट्याइएको हो त्यही विषयमा खर्च गर्नुपर्छ अन्यथा गर्न पाइदैन उनले भनिन । 

वडा अध्यक्षले बजेटमा मनपरी भएसँगै यत्तिखेर वडाबासी आक्रोशित भएका छन् । अझ बाटो निर्माणको नाममा बनेको उपभोक्ता समितिका कोषाध्यक्ष वेदकुमारी अधिकारीलाई हस्ताक्षर नै नगराई बजेट लिइएपछि स्थानियहरु थप आक्रोशित भएका छन् ।  

मेरो हस्ताक्षर नै नभई कसरी रकम झिके म अन्यौलमा छु उनले भनिन् । अघिल्लो बर्ष समेत आफ्नो दस्तखत बिनै रकम झिकेको उनले गुनासो गरिन । खाता खोल्ने बेलमा कोषाध्यक्ष भन्छन् तर रकम झिक्न मेरो सही नै किर्ते गरिरहेका छन् उनले भनिन । 

उपभोक्ता समितिका अध्यक्ष तिलक तिमल्सिनासँग वडा अध्यक्षको बढी नै हिमचिम छ, जसकारण न त बजेट हालिएको ठाउँमा काम हुन्छ, नत हालिएको बजेट अनुसार नै काम हुन्छ मनपरी धेरै भयो स्थानियहरुले गुनासो गरे । 

अघिल्लो बर्ष काम गर्नुपर्ने ठाउँमा काम नगरी अन्यत्रै पैसा सके यो पटक कामै नगरी अघिल्लो बर्षको ऋण तिर्ने भनेर कामै नगरी रकम बुझे स्थानीयहरुले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ