arrow

गगनको वक्तव्य : ‘अनर्गल प्रचार’ मेरो राजनीतिक जीवनलाई कमजोर बनाउने षड्यन्त्र हो

म पूर्ण प्रेस स्वतन्त्रताको पक्षपाती हुँ तर प्रेस स्वतन्त्रताका नाममा हुने अपराधविरुद्ध लड्छु

logo
प्रकाशित २०७३ जेठ ११ मंगलबार
gagan-thapa-new-FNL-p.jpg.jpeg
काठमाडौं । कांग्रेस नेता एवं सांसद गगन थापाले आफ्नो नाम जोडेर केही अनलाइन पोर्टलमा आएका समाचार र अनर्गल प्रचारबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
 
थापाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो नाम जोडेर भएका अनर्गल प्रचारको भत्र्सना गर्दै आफु पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको तर प्रेस स्वतन्त्रताका नाममा हुने अपराधिक प्रवृतिविरुद्ध लड्ने प्रष्ट्याएका छन् । थापाले आफुबारे हरेक दिन खराब नियत राख्नेहरुले आफ्नो अनलाइन हिट बनाउन कपोकल्पित समाचार बनाउने, त्यसको तथ्यलाई जाँच्दै नजाँची साभार गर्ने अनि सामाजिक संजालमा समेत त्यसकै आधारमा मेरो बारेमा अनेकन टिका टिप्पणी आइरहने र त्यसको जवाफ मैले दिनुपरेको छ –विज्ञप्तिमा उल्लेख गरेका छन् । 
 
‘भारतको विरुद्धमा उत्रने नेपाली भेडा हुन्–गगन थापा शीर्षकको समाचार सामाजिक संजालमा व्यापक रुपमा फैलिएको उल्लेख गर्दै थापाले विज्ञप्तिमा प्रकाशकलाई समाचारको स्रोतबारे सोधखोज गर्दा कसैले फोनबाट टिपाएर समाचार प्रकाशन गरेको तर अनुसन्धान गर्दा त्यो समाचार गलत पाइएको जनाएका छन् । यस्तै उक्त अनलाइनले भूल सुधार गरेर खण्डन छापेपनि खण्डन नियतवश केही मिनेत भन्दा बढी नराखिएको समेत थापाले उल्लेख गरेका छन् । थापाले जोडदार रुपमा– ‘यो मेरो राजनीतिक मूल्य मान्यता र विश्वासको खिलापमा मेरो राजनीतिक जीवनलाई कमजोर बनाउने कुत्सित मनसायका साथ गरिएको षड्यन्त्र हो’–भनेका छन् । 
 
प्रेस स्वतन्त्रताको पूर्ण पक्षपाति रहेको उल्लेख गर्दै थापाले ‘स्वतन्त्र प्रेस लोकतन्त्रको आत्मा हो । प्रेस स्वतन्त्र, मर्यादित र विश्वसनीय हुनुपर्छ भन्ने मेरो मान्यता हो । संविधानमा प्रेसमाथी अंकुश लगाउने कुनै पनि प्रावधान राखिनुहुन्न र यो पूर्णतः स्वतन्त्र हरनुपर्दछ भनेर मस्यौदामा संशोधन प्रस्ताव राख्ने थोरै सभासद् मध्ये म एक हुँ । आज पनि म यस कुरामा दृढ छु’ – विज्ञप्तीमार्फत भनेका छन् । 
 
यसैबीच नेता थापाले आफ्नो बारेमा आउने प्रत्येक समाचारलाई अत्यन्त संवेदनशीलताका साथ लिएर, निरन्तर स्नेह र सल्लाह दिएर सचेत गराउने र आफुप्रति विश्वास र भरोसा गर्ने सवैप्रति आभार प्रकट गरेका छन् । थापाले यसप्रकारका षडयन्त्र र दुस्प्रचारबाट भ्रमित नहुन अनुरोध गर्दै सार्वजनिक चासो र चिन्ताले आफुलाई राजनीतिक र सामाजिक जीवनमा थप सतर्कता र जिम्मेवारीबोधका साथ काम गर्न उत्प्रेरित गर्ने उल्लेख गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ