arrow

बाँकेमा कोरोनाबाट सात जनाको मृत्यु

logo
सौरभ गिरी, 
प्रकाशित २०७७ भदौ २२ सोमबार
corona-killed.jpg

नेपालगन्ज । बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। कोरोनाबाट मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का ५९ बर्षका पुरुष रहेका छन् । 

भदौ १२ गते स्वास्थ्यमा समस्या आएपछि १३ गते उनको स्वाबको जाँच गर्दा भदौ १५ गते पोजेटिभ रिपोर्ट आएर उनी आफै न्यू इन्द्रेणी होटेलको सेल्फ पेड आइसोलेसनमा बसेका थिए । 

आइसोलेसनमै बसेको अवस्थामा उनलाई स्वास्थ्यमा गम्भीर समस्या आएर भदौ १८ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगेर उपचार सुरु गरिएको थियो । 

स्वास्थ्यमा गम्भीर समस्या हुँदै गर्दा उपचारका क्रममा मुटुको रक्त नली बन्द भएकाले उनको आइतबार राति ८ः३० मा मृत्यु भएको हो । यो संगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ