arrow

अनियमितता र भ्रष्टाचार विरुद्ध कांग्रेसद्धारा सांकेतिक विरोध प्रदर्शन 

logo
प्रकाशित २०७७ भदौ २२ सोमबार
birodh-congress-corruption.jpg

शुक्लाफाँटा । शुक्लाफाँटा नगरपालिकाको ध्यानाकर्षण गर्न नेपाली कांग्रेसले झलारीमा मौन विरोध र्याली प्रदर्शन गरेको छ ।

नेपाली कांग्रेस शुक्लाफाँटाद्वारा गठित नगर स्तरीय अनुगमन समितिले सुशासन पारदर्शिता सूचनाको हक जनताले पाउनुपर्ने माग राखी मौन प्रदर्शन गरेको हो ।

शुक्लाफाँटामा कोरोना नियन्त्रणका लागि क्वारेन्टिनमा भएको खर्चको विवरण, छाडा पशु चौपाया व्यवस्थापनमा भएको खर्चको हिसाब, नगरशिक्षा समितिका अवैधानिक कार्य खारेजीको माग र वडा नं ७ को वडा कार्यालयमा भएको आगजनीको सत्य तथ्य छानबिनको माग गर्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

आइतबार झलारी बजारको खुलामञ्चदेखि झलारी बजार हुँदै हात हातमा प्लेकार्ड लिई मौन प्रदर्शन गर्दै नगरपालिका कार्यालयमा कोण सभाको आयोजना गरेका हुन् । 

नगरपालिकामा भइरहेका नीतिगत भ्रष्टाचारसंगै नीति विधि पद्धति मिचेर भइरहेका गतिविधि तत्काल रोकिनु पर्ने माग गरेर अनुगमन समितिले पटकपटक माग गर्दा पनि कुनै सुनुवाइ नभएकाले मौन प्रदर्शन गर्नु परेको नगर स्तरिय अनुगमन समितिका संयोजक धौल सिंह महराले बताए । 

स्थानीय सरकारले जनचाहना अनुसार अगाडि बढोस् र जनताले सहजै सूचनाको हक प्राप्त गर्न सकुन् भन्ने चाहना अनुसार सांकेतिक विरोध जनाएको महराले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ