arrow

प्रचण्डलाई तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश

logo
प्रकाशित २०७३ जेठ ११ मंगलबार
dahal-new-photo.jpg.jpeg
काठमाडौं । अदालतको अपहेलना मुद्दामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई तीन दिन भित्र सशरीर उपस्थित हुन सर्वाेच्च अदालतले आदेश गरेको छ ।
 
कायम मुकायम प्रधानन्यायाधीस सुशीला कार्कीको एकल इजलाशले मंगलबार दाहालविरूद्ध परेको मुद्दाको सुनुवाई गर्दै तीन दिन भित्र उपस्थित हुन आदेश गरेको हो । अदालतको गम्भीर अवहेलना गरेको विषयमा एक वर्ष कैद तथा १० हजार जरिवानाको माग गर्दै सर्वाेच्च अदालतमा अधिवक्ता दिनेश त्रिपाठीले मुद्दा दायर गरेका थिए ।
 
त्रिपाठीले माओवादी अध्यक्ष दाहाल कुनै सामान्य नागरिक नभएको र जानी बुझि अदालतमाथि प्रहार गर्न खोजेको भन्दै हदै सम्मको कारबाही हुनु पर्दछ भनेर रिट दर्ता गरेको बताए । उनल हाम्राकुरासंग भने, ‘उहाँ प्रधानमन्त्री भइसकेको र सत्तारुढ प्रमुख घटकको नेता, त्यति मात्र होइन उच्चस्तरीय राजनीति संयन्त्रको नेता, उहाँले अदालतको आदेश मान्दैन भन्नु स्वतन्त्र न्यायलयमाथि प्रहार हो ।’ भोली उहाँकै कार्यकर्ताले जिल्लाको न्यायाधीशलाई मान्दैन भन्नु होला, यो त न्यायलय नै समाप्त पार्ने खालको अभिव्यक्ति हो । 
 
उनले थपे, ‘संविधान अनुसार समेत यो फौजदारी कसुर हो । संविधानको धारा १२८ को (४) ले पनि यसलाई फौजदारी अपराध मानेको छ ।’ पाँच दलकै बैठकमा उहाँले यसो भन्नु भो । सार्वजनिक कार्यक्रममा अदालतको अवहेलना गरेर दाहालले फौजदारी कसुर गरेका छन् । दाहालले ‘अदालतले शान्ति प्रक्रियामा भयङ्कर षड्यन्त्र गर्दैछ, हामी अदालतको आदेश मान्दैनौं, युद्धकालिन मुद्दालाई फैसला गरेर दिउँसै रात पार्न खोज्यो’ भनेको त्रिपाठीको जिकिर छ । दाहाल ओखलढुङ्गाको उज्जन हत्या काण्डका दोषीलाई आम माफी नदिने फैसला भएपछि अदालतसंग डराएका छन् । 
 
उनलाई खोरखा फुजेल हत्याको समेत ठूलो डर छ । केपी ओली सरकारको विकल्प खोज्न अघि सरेको एक दिन अघि मात्रै दाहालले संसदीय दलको बैठकमा आफुहरुलाई युद्धकालिन मुद्दमा कज्याउन खोजेको भन्दै आफुहरुको भविष्य नरहेको सुनाएका थिए । सोही बैठकमा उनले यो अवस्थामा माओवादी एक हुनुको विकल्प नरहेको बताएका थिए । नभन्दै प्रधानमन्त्री केपी ओली सरकारसंग ९ बुँदे सहमति गरेर दाहालले युद्धकालिन मुद्धाको किनारा लगाउन बनेको सत्य निरुपण आयोग मार्फत जाने र कानुन संशोधन गर्ने बाटो खोलेका छन् । यद्यपि, त्यसको सर्वत्र विरोध भइरहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ