एजेन्सी । सलमान खान आफ्नो प्रेमिका लूलियाको बारेमा चलिरहेको चर्चालाई लिएर निकै आक्रोश रहेका छन् । सलमानले एउटा भारतिय पत्रिकालाई अन्तरवार्तामा भने ,' मानिसहरले महिलाहरु प्रति आफ्नो जिम्मेवारी बुझ्न आवश्यक छ । मीडियासँग आक्रोशित सलमानले भने,' मेरो विवाहको विषयलाई लिएर समचार बनाउने पत्रकारहरले पत्रकारिता छोडे हुन्छ ।'
उनले भने ,' म अहिले विवाह गर्ने मनस्थितिमा छैन । जुन दिन म विवाह गर्छु , म सबैलाई जानकारी गराउनेछु । म आफ्नो टि्वटर र फेसबुक एकाउन्टमा अग्रिम जानकारी दिन्छु । बलिउडमा २७ बर्ष पुरा गरेका सलमानलाई यस विषयमा सोध्दा,' थाहै नपाई बलिउडमा २७ बर्ष बितेछ ।' भने
सलमानले भने ,' मीडियाले एक महिलाको अपमान गरेको छ । मीडिया सधै उसको बेइज्जती गरिरहेको छ चाहे त्यो भारतीय होस् वा अन्य मुलकका । उनले भने,' एक दिन म भन्नेछु मेले विवाह गरे अर्को दिन गरिन् । पछि भन्नेछु मैले पहिलै विवाह गरिसकेको थिए । दुई छोराहरु छन् उनिहरुको नाम आमिर र शाहरुख हो। अर्को दिन तपाईलाई यस बारे के मतलब पनि भन्नेछु ।