arrow

मेरो विषयमा समाचार लेख्ने पत्रकारले पत्रकारिता छोडे हुन्छ : सलमान खान

प्रेमिका बारेमा असन्तोष सलमानले भने - मिडियाले लूलियाको इज्जतको धज्जी उडाए

logo
प्रकाशित २०७३ जेठ ११ मंगलबार
salman-iulia-story_647_011316123149.jpg.jpeg
एजेन्सी । सलमान खान आफ्नो प्रेमिका लूलियाको बारेमा चलिरहेको चर्चालाई लिएर निकै आक्रोश रहेका छन् । सलमानले एउटा भारतिय पत्रिकालाई अन्तरवार्तामा भने  ,' मानिसहरले महिलाहरु प्रति आफ्नो जिम्मेवारी बुझ्न आवश्यक छ । मीडियासँग आक्रोशित सलमानले भने,' मेरो  विवाहको विषयलाई लिएर समचार बनाउने पत्रकारहरले पत्रकारिता छोडे हुन्छ ।' 
 
उनले भने ,' म अहिले विवाह गर्ने मनस्थितिमा छैन । जुन दिन म विवाह गर्छु , म सबैलाई  जानकारी गराउनेछु । म आफ्नो टि्वटर र फेसबुक एकाउन्टमा अग्रिम जानकारी दिन्छु । बलिउडमा २७ बर्ष पुरा गरेका सलमानलाई यस विषयमा सोध्दा,' थाहै नपाई बलिउडमा २७ बर्ष बितेछ ।' भने
 
सलमानले भने ,' मीडियाले  एक महिलाको अपमान गरेको छ । मीडिया सधै उसको  बेइज्जती गरिरहेको छ  चाहे त्यो भारतीय होस् वा अन्य मुलकका । उनले भने,' एक दिन म भन्नेछु मेले विवाह गरे अर्को दिन गरिन् । पछि भन्नेछु मैले  पहिलै विवाह गरिसकेको थिए । दुई छोराहरु छन्   उनिहरुको  नाम आमिर र शाहरुख हो। अर्को दिन तपाईलाई यस बारे के मतलब पनि भन्नेछु ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ