arrow

बाँकेको खजुरा गाउँपालिकामा आज रातीदेखि पाँच दिन निषेधाज्ञा

logo
प्रकाशित २०७७ भदौ २२ सोमबार
khajura.jpg

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि त्यसको रोकथाम र नियन्त्रणका लागि गाउँपालिका क्षेत्रमा पाँच दिनका लागि निषेधाज्ञा जारी गरिएको हो ।

गाउँ कार्यपलिकाको सोमबार बसेको बैठकले गरेको सिफारिसका आधारमा सोमबार राति १२ बजेदेखि भदौ २७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । 

नेपालगञ्ज-गुलरिया सडकखण्डको कपास विकास समितिदेखि विपी प्रतिक्षालयसम्म र सो सडकको दायाँबायाँ ५ सय मिटरसम्म पर्ने सबै वडामा लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।

यो अवधिमा अत्यावश्यक सेवा बाहेक सबै निषेध गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ